८ वैशाख २०८१ शनिबार
समाज

बिजुलीबजारमा कार दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं- काठमाडौंको बिजुलीबजारमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा धनुषा घर भइ हालः काठमाडौं शान्तिनगर बस्ने चन्द्र निरौला छन्। गम्भीर घाइते भएका निरौलाको उपचारको क्रममा एभरेष्ट अस्पताल बानेश्वरमा मृत्यु भएको हो।

बा१६च ८३०३ नम्बरको कार शनिबार राति अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी कार चालक काभ्रेका भक्त लामा र कारमा सवार मिनभवन बस्दै आएका गणेश खत्री घाइते भएका छन्। उनीहरुको नर्भिक अस्पतालमा उपचार भैरहेको छ।

प्रकाशित: २४ वैशाख २०७४ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App