प्रमुखमा महिला उम्मेदवार न्यून, २८३ तहमा ३८ महिला

आइतबार, २४ बैशाख २०७४, ०७ : ४१ नागरिक

खिलक बुढाथोकी/हिमाल लम्साल

काठमाडौं- ‘लेडिज एन्ड जेन्टलमेन’ अंग्रेजीको यो भनाइले महिलालाई अग्रस्थानमा देखाउँछ। देशको वर्तमान अवस्था नियाल्दा पनि विभिन्न निकायमा महिलाको नेतृत्व छ। राष्ट्रपति, सभामुख, प्रधान्यायाधीश पदमा महिला छन्।

तर, स्थानीय तहको चुनावमा प्रमुख पदमा उम्मेदवार दिने महिलाको संख्या भने निराशाजनक देखिन्छ।  प्रमुख राजनीतिक दलले अधिकांश नगर तथा गाउँपालिका प्रमुखमा पुरुषलाई नै प्रमुखको उम्मेदवार बनाएका छन्। २ सय ८३ स्थानीय तह प्रमुख पदका लागि ३८ जना महिला मात्रै चुनावी मैदानमा छन्।

कानुनले ३३ प्रतिशत महिला आरक्षण सुनिश्चित गरेको छ। स्थानीय निर्वाचन ऐनको दफा (४) उपदफा (१) मा उम्मेदवारी मनोनयनपत्र पेस गर्दा गाउँ/नगरपालिका प्रमुख/उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा ५० प्रतिशत महिला हुनुपर्ने प्रावधान छ। तर, करिब २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा भने यो प्रावधान कार्यान्वयन उत्साहजनक भएको पाइएन।

उम्मेदवारको नामावली अनुसार स्थानीय तह प्रमुख पदमा विभिन्न राजनीतिक दलबाट ३८ महिला चुनावी प्रतिस्पर्धामा छन्। प्रमुख पदमा महिला उम्मेदवार उठाउनेमा माओवादी केन्द्र अगाडि छ। केन्द्रले १४ महिलालाई मेयर/प्रमुख पदमा उम्मेदवार बनाएको छ। त्यसैगरी एमालेले ८, कांग्रेसले ७, राप्रपाले ६, परिवार दलले १, विवेकशील पार्टीले १ र नेमकिपाले १ महिलालाई मेयर/प्रमुख पदमा उम्मेदवार बनाएका छन्।

पहिलो चरणमा वैशाख ३१ मा ३, ४ र ६ प्रदेशका गरी ३४ जिल्लामा निर्वाचन हुँदैछ। जसभित्र चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका  र १ सय ८६ गाउँपालिका गरेर २ सय ८३ स्थानीय तह छन्।

 'राजनीतिक दलले नै महिलालाई प्रमुख पदमा चासो दिएको देखिएन,' निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘प्रमुख/मेयर पदमा पुरुषको तुलनामा महिला उम्मेदवारी धेरै कम हो तर उपप्रमुख/उपमेयरमा भनेे यो संख्या धेरै छ।’ उनका अनुसार अधिक राजनीतिक दलले उपमेयर/उपप्रमुखमा महिलालाई उठाएका कारण मेयर/प्रमुखमा संख्या कम भएको हो।

‘राजनीतिक दलले उम्मेदवारी दर्ता गर्दा प्रमुख/उपप्रमुख दुईमध्ये एक पदमा महिलाको उम्मेदवारी दिनुपर्ने काननुी व्यवस्था छ,’ प्रवक्ता शर्माले भने, ‘उक्त व्यवस्था दलहरूले लागू गरेको त पाइन्छ तर महिलालाई उपप्रमुखमा मात्रै सीमित राखेका छन्।’

दलहरूले महिलालाई पुरुषसरह हैसियत दिन खोजे पनि त्यो उपप्रमुखमा मात्र सीमित रहेको गुनासो स्वयं महिलाको पनि छ। ‘मेयर हुने क्षमता नभएर उपमेयरमा उठेकी होइन्,’ काठमाडौं महानगरपालिकामा नयाँ शक्तिबाट उपमेयरकी उम्मेदवार सबिना अर्यालले भनिन्, ‘पार्टीले दिएको जिम्मेवारी त मान्नै पर्‍यो नि।’ अर्याल पार्टीगत हिसाबमा सन्तुष्ट भए पनि व्यक्तिगत रुपमा भने मेयर पदमा उठ्न नपाएकोमा दुखित छिन्। अधिकांश राजनीतिक दलले महिलालाई उपप्रमुखमा मात्रै सीमित राखेकोमा उनले असन्तुष्टि पोखिन्।

अझ कतिपय ठाउँमा त दलीय तालमेलले गर्दा उपप्रमुखमा पनि महिला परेका छैनन्। एक पार्टीले अर्को पार्टीसँग गठबन्धन गर्दा महिलाको कोटा खोसिएको छ। काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाले चुनावी गठबन्धन गर्दा मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवार छन्।

प्रमुखमा ३८ महिला

नेपाली कांग्रेस 

गंगा दाहाल, दुधौली नगरपालिका, सिन्धुली

माया राना, म्याग्दे गाउँपालिका, तनहुँ

कान्तिका सेजुवाल, चन्दनाथ नगरपालिका, जुम्ला

अनिता लामा, चामे गाउँपालिका, मनाङ

गण्डकी थापा अधिकारी, डीगाड गाउँपालिका, बाग्लुङ

लक्ष्मी पाण्डे, हुस्सेकोट गाउँपालिका, नवलपरासी

छुपीमाया गुरुङ, दूधपोखरी गाउँपालिका, लमजुङ

 एमाले

चन्द्र पुन, कावासोती नगरपालिका, नवलपरासी

भगवती न्यौपाने, भानु नगरपालिका, तनहुँ

प्रभा बराल, राप्ती नगरपालिका

सीमा क्षेत्री, पुतलीबजार नगरपालिका, स्याङजा

सीता अधिकारी, कालिका गाउँपालिका, रसुवा

बिन्दा ढुंगाना, सूर्यगढी गाउँपालिका, नुवाकोट

दिलकुमारी छन्त्याल, तमानखोला गाउँपालिका, बाग्लुङ

भीमलादेवी चन्द, दार्मा गाउँपालिका, सल्यान

माओवादी केन्द

रेणु दाहाल, भरतपुर महानगरपालिका, चितवन

साबित्रादेवी पाण्डे गजुरेल, कमलामाई नगरपालिका, सिन्धुली

जानुका सापकोटा, पनौती नगरपालिका, काभ्रे

सरस्वती लामा, धुलिखेल नगरपालिका, काभ्रे,

रीता ढकाल, मण्डन देउपुर नगरपालिका, काभ्रे

प्रतिमा श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका, भक्तपुर

जुनकुमारी बोहोरा, ठूली भेरी नगरपालिका, डोल्पा

सुष्मा खनाल, मध्यबिन्दु नगरपालिका, नवलपरासी

राधा सापकोटा, मादी गाउँपालिका, कास्की

प्रवीणा अधिकारी, माछापुच्छ्रे गाउँपालिका, कास्की

लक्ष्मी लामा, नासोङ गाउँपालिका, मनाङ

दीपा बोहरा, सुनकोसी गाउँपालिका,

लक्ष्मी थापामगर, ज्वालामुखी गाउँपालिका, धादिङ

कल्पना कार्की, आँधीखोला गाउँपालिका, स्याङजा

राप्रपा

गीता गुरुङ, पोखरालेखनाथ महानगरपालिका, कास्की

शोभा शाही, भेरी नगरपालिका, जाजरकोट

देवकी बुढाथोकी, भीमेश्वर नगरपालिका, दोलखा

गंगा लामा, हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक

लक्ष्मी जिम्बा, बकैया गाउँपालिका, मकवानपुर

अलिसा नेपाली, दार्मा गाउँपालिका, सल्यान

विवेकशील दल

रञ्जु न्यौपाने (दर्शना) काठमाडौं महानगरपालिका

नेमकिपा

शोभा त्वाती, सूर्यविनायक नगरपालिका, भक्तपुर

परिवार दल (एक जना)

हरिप्रिया अधिकारी, सूर्यगढी गाउँपालिका, नुवाकोट







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सिभिल बैंकको शाखा अब झापाको सुरुङ्गामा

सिभिल बैंकको शाखा अब झापाको सुरुङ्गामा

सिभिल बैंक लिमिटेडले झापा जिल्लाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले...

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ...

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...