coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रेकर्ड तोड्न गएका ८६ वर्षीय शेरचनको सगरमाथा आधार शिविरमा निधन

काठमाडौं- सांसारकै सबैभन्दा बढी उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य सहित गएका नेपाली आरोही ८६ वर्षीय मिन बहादुर शेरचनको निधन भएको छ।

शेरचनको सगरमाथा आधार शिविरमा शनिबार साँझ निधन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। ‘ज्येष्ठ आरोही शेरचनको हृदयघातका कारण निधन भएको छ’, सगरमाथा आधार शिविरमा रहेका श्रेष्ठले नागरिक न्युजसँग टेलिफोनमा भने, ‘शेरचनको साँझ ५:१४ बजे निधन भएको छ। उनको शवलाई आइतबार हेलिकप्टर मार्फत काठमाडौं पठाउँछौं।’

शेरचनले यस अघि ७६ वर्षको उमेरमा सगरमाथा शिखर पुगेर विश्वकै वढी उमेरका आरोहीको कीर्तिमान कायम गरेका थिए। उनको रेकर्डलाई जापानका ८० वर्षिय आरोही युचिरो मिउराले ४ वर्ष अघि तोडेका थिए।  

प्रकाशित: २३ वैशाख २०७४ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App