७ वैशाख २०८१ शुक्रबार
राजनीति

चार दलित महिला सदस्य निर्विरोध

रसुवा – उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा चारजना दलित महिला निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको पाँच वडामध्ये दुईवटा वडामा नेकपा एमालेका उम्मेदवार तथा एक/एक वडामा क्रमशः नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

एमालेका तर्फबाट वडा नं १ मा जुरेली कामी र वडा नं ५ मा चरिमाया विश्वकर्मा, नयाँ शक्तिका तर्फबाट वडा नं २ मा श्रीमाया कामी र माओवादी केन्द्रबाट वडा नं ४ मा हिरा विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । 

यसैगरी कालिका गाउँपालिकाको वडा नं १ मा दलितवस्ती भए पनि दलित महिला सदस्यमा उम्मेदवारी नपरेको उक्त गाउँपालिकाका निर्वाचन अधिकृत राजेन्द्रदेव पाण्डेले बताए । त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा कुनै पनि दलित महिला सदस्यको उम्मेवारी नपरेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। रासस 

प्रकाशित: २३ वैशाख २०७४ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App