८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन विथोल्न खाेज्ने १२ पक्राउ

धादिङ – चुनाव प्रचार प्रसार विथोल्दै हिड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता शुक्रबार राती धादिङमा पक्राउ परेका छन् । 

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको अवस्थामा विप्वल माओवादी बताउने १२ जनालाई  धादिङ प्रहरीले गजुरी गाउँपालिका ३ गुम्बा डाडाँबाट पक्राउ गरेको हो । गाउँमा चुनावको विरुद्धमा प्रचार गर्दै हिँड्नेहरूलाई पक्राउ गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुुख एसपी सरद खत्रीले जानकारी दिए । 

अहिले उनीहरू प्रहरी चौकी जोगिमाराको हिरासतमा रहेका छन् । उनीहरुको साथमा जताभावी चन्दा सङकलन गरेको अर्धकट्टी समेत भेटिएको एसपी खत्रीले बताए । चुनाब प्रचारप्रसार विथोल्दै हिडेको र स्थानीय तह चुनावका उम्मेद्वारलाई ज्यान मार्ने धम्की समेत दिएको बताइएको छ । 

प्रकाशित: २३ वैशाख २०७४ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App