coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुडिरहेको जीपको टायर फुत्किँदा दश घाइते

खोटाङ – खोटाङमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । उदयपुरको कटारीबाट यात्रु लिएर सदरमुकाम दिक्तेल आउँदै गरेको ना १ ज ३६१६ नम्बरको जीप हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा दुर्घटना हुँदा चालक सहित दश जना घाइते भएका हुन् । गुडिरहेकै समयमा पछाडिपट्टीको टायर फुत्किएपछि शुक्रबार साँझ जीप सडकमै पल्टिएको प्रहरीले जनाएको छ । 

सडकमै जीप पल्टिँदा चालक उदयपुर कटारी नगरपालिका–१० का दिपक दर्जी, रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका पृथीराज राई, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाकी तेजकुमारी राई, पशुपति राई, सुनसरीको इटहरीका नन्दकिशोर राई, उनकी श्रीमती कौशिला राई, इटहरी उपमहानगरपालिका–२ का मदन गुरुङ, उनकी श्रीमती प्रमिला गुरुङ, उनकी फुपु गंगा गुरुङ र इटहरी महानगरपालिका–२० तरहराकी कमलज्योती राई घाइते भएका छन् । घाइते मध्ये पृथीराज, नन्दकिशोर, कौशिला र दिपकलाई थप उपचारकालागि काठमाडौं पठाइएको छ । अन्य ६ जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए । 

घाइतेमध्ये दुई जनाको हात भाँचिएको र अन्यको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । दुर्घटनामा परेका यात्रुलाई स्थानीय र अर्खौले प्रहरीचौकीका प्रहरीले उद्धार गरेका थिए । 

प्रकाशित: २३ वैशाख २०७४ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App