coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गणतन्त्र पक्षधरसँग तालमेल : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले सत्तासाझेदार माओवादी केन्द्रसँगको चुनावी तालमेललाई स्वाभाविक भनेको छ। स्थानीय तह निर्वाचन प्रचार समितिले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादीसँगको चुनावी तालमेललाई संघीयता र गणतन्त्र पक्षधरको प्राकृतिक गठबन्धनका रुपमा अर्थ्याइयो। 'चुनावी तालमेल प्राकृतिक छ,' कांग्रेस नेता रमेश लेखकले पत्रकार सम्मेलनमा भने, 'संघीयता, गणतन्त्र पक्षधर र संविधानको स्वीकार्यता बढाउनुपर्छ भन्ने शक्तिसँगको तालमेल अस्वाभाविक होइन।'

चुनावी तालमेललाई कार्यान्वयन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसले अपिल पनि गरेको छ। कांग्रेसले भरतपुर, पोखरा–लेखनाथ महानगरपालिका, हेटौंडा उपमहानगरपालिकासहितका केही स्थानमा चुनावी तालमेल गरेको छ।

कांग्रेसले वैशाख ३१ मा हुने पहिलो चरणको निर्वाचनमा मधेसी, जनजातिसहितका समुदायबाट १ सय ९ जनाले प्रमुख पदमा उम्मेदवारी दिएको त्यसमध्ये नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिने ९७ जना रहेको जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७४ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App