७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानन्यायाधीश कार्की काममा फर्किइन्

काठमाडौं— प्रधान न्यायाधीश सुशीला कार्कीले आफ्नो काम थालेकी छन्। सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेपछि उनले नीजि निवास बालुवाटरबाट शुक्रबार नै केही प्रशासनीक काम गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।  

सर्वोच्चका सह-प्रवक्ता विश्वराज पौडेलका अनुसार कार्कीले अदालतको आदेश बमोजिम जिम्मेवारी सम्हाल्दै दुई वटा टिप्पणीमा सदर गरेकी छन्।

न्यायाधीश चोलेन्द्र सम्शेर राणाको एकल इजालसले शुक्रबार संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुन सक्ने कानुनी बाटो खुला गरेको थियो।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको निर्णयमा प्रधान न्यायाधीश कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव लगिएको थियो। वैशाख १७ मा कांग्रेस-माओवादीका २४९ जना सांसदले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

अधिवक्ता सुनिलरञ्जन सिंह र कन्चनकृष्ण न्यौपानेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सभामुख, संसद सचिवालयका महासचिवलाई विपक्षी बनाइ बुधबार सर्वोच्चमा रिट दर्ता दायर गरेका थिए। 

 

प्रकाशित: २२ वैशाख २०७४ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App