coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कराहीमा डुबेर बालकको मृत्यु

रौतहट-मिठाइ बनाउने कराहीमा डुबेर रौतहटमा बालकको मृत्यु भएको छ। रौतहटको गम्हरिया २ का जहर आलमको डेढ वर्षका छोरा बाबुदीन आलमको खेल्ने क्रममा कराहीमा डुबेर मृत्यु भएको हो। आमासहित लक्ष्मीनीया गाविस ५ स्थित मामाघरमा रहेका बालक बाबुदीन आलम खेल्नेक्रममा पानीले भरिएको कराहीमा पसेका थिए। कराहीमा छटपटाउन थालेपछि थाहा पाएका अभिभावकहरुले बालकलाई कराहीबाट निकालेर उपचारको लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो। प्रहरीले थाहा पाएपछि बालकको शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर गलेको छ। पोस्टमार्टमपछि बालकको शवलाई आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीन कृष्ण भण्डारीले बताए।

 

प्रकाशित: १ श्रावण २०७३ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App