८ वैशाख २०८१ शनिबार
समाज

घुस रकम सहित अमिन र उनका सहयोगी पक्राउ

बारा- सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा नापी कार्याल बाराका अमिन र उनका सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रिय कार्यालय हेटौडाको टोलीले शुक्रवार पक्राउ गरेको छ।

अमिन प्रेमचन्द्र झा र उनका सहयोगी नुर महम्मदलाई कार्यालयमै घुस लिदा लिदै आयोगको प्रहरी निरीक्षक जीवन तामाङ्गको नेतृत्वमा  रहेको टोलीले पक्राउ गरेको हो।

आयोगका मध्यमांचल क्षेत्रिय कार्यालय हेटौडाका प्रवक्ता नरेन्द्र कुमार भट्टराईले प्रहरी निरीक्षक जीवन तामाङ्गको नेतृत्वमा नापी कार्यालय बारामा खटेको टोलीले १० हजार घुस रकम सहित अमिन झा र उनका सहयोगी महम्मदलाई रंगेहात पक्राउ गरेको पुष्टी गरेका छन्।

पक्राउ परेका दुबै जनालाई  आयोगको हेटौडा स्थित कार्यालयमा प्रहरी हिरासतमा राखिएको भट्टराईले बताए। 

प्रकाशित: २२ वैशाख २०७४ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App