७ वैशाख २०८१ शुक्रबार
कला

मनिषाको ‘डियर माया’ जुन २ मा आउने

काठमाडौं- मनिषा कोइराला अभिनित चलचित्र ‘डियर मायाँ’ जुन २ मा प्रदर्शनमा आउने भएको छ। फिलिममा नयाँरुपमा सार्वजनिक भएकी छन्। सार्वजनिक भएको टेलरमा उनलाई नयाँरुपमा देख्न सकिन्छ।

चलचित्र १४ वर्षे दुई  हितैषी मित्रहरु अना र इराको जीवनीमा केन्दित भएर निर्माण गरिएको छ। बिबाह योग्य समयमा पुग्दा कुनै पनि योग्य केटाहरु विवाहका लागि तयार नभएकाले अना र इराले एक झुटो प्रेमपत्र माया देवीलाई लेख्ने योजना बनाएसँगै चलचित्र सुरुवात हुन्छ। मायाँदेवी उनीहरुको घर नजिकै बस्ने गर्थिन्।

उनीहरुको झुटो प्रेमपत्र मायादेवीले पाएपछि पत्रमा उल्लेख गरिए अनुसारको ठेगानामा उनको प्रेमीलाई दिल्ली भेट्न जानका लागि मायादेवी तयार हुन्छिन्।

माया देवीको यस निर्णयले अनालाई भय सृजना गर्छ। उनले मायादेवी समक्ष यथार्य भन्नका लागि साहस गरेकी भएतापनि उनलाई इराले यस निर्णयमा स्वीकृति नदिने बताउँछिन्।

७ वर्ष पश्चात् अना आफ्नो उच्च शिक्षाको अध्ययनको शिलशिलाका दिल्ली बस्ने गरेकी हुन्छिन्। त्यतिबेला उनलाई उनको विगतका घटनाहरुले घच्घच्याउन थाल्छ। जसप्रति उनलाई पछुतो लागिरहेको हुन्छ। उनी अहिले पनि मायादेवीको खोजीमा रहेकी हुन्छिन्। अना र इरा दुवै मायादेवीको खोजीमा दिल्ली जान्छन्।

 

 

 

प्रकाशित: २२ वैशाख २०७४ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App