७ वैशाख २०८१ शुक्रबार
राजनीति

उम्मेद्वार धम्क्याउने विप्लवका कार्यकर्ता पक्राउ

दोलखा – निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको अभियोगमा दोलखा प्रहरीले विप्लव नेतृत्वको पार्टीका तिन जना कार्यकर्तालाई पक्राउ गरेको छ । 

स्थानीय तह चुनावका उम्मेद्वारलाई ज्यान मार्ने धम्की सहित पत्र पठाएपछि शुक्रबार जिल्ला प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज अर्जुन योगी, सेक्रेटरी राजन धनुके र जिल्ला सचिवालय सदस्य सरोज न्यौपानेलाई पक्राउ गरेको हो । 

उनिहरूले बिहीबार जिल्लाका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता नलिए जनकारबाही गर्ने सहितको चिठी पठाएका छन् । पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दा चलाइने जिल्लाका प्रहरी प्रमुख डिएसपी रविन कार्कीले जानकारी दिए । 

प्रकाशित: २२ वैशाख २०७४ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App