८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा सवारी दुर्घटना, १४को मृत्यु

नयाँदिल्ली – भारतको उत्तर प्रदेशमा शुक्रबार एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने, अन्य २८ जना घाइते भएका छन् । 

घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। 
उत्तर प्रदेशको राजधानी लखनउदेखि २६५ किलोमिटर पश्चिमतर्फ पर्ने इताह जिल्लाको सराय निम क्षेत्रनजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा परेकाहरु सवै जना विवाह भोजमा सहभागी भएर फर्किरहेका प्रहरीले बताएको छ । 

शुक्रबार बिहानै यहाँ भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरु २८ जना घाइते भएका एक जना उच्च प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 

उनले थपे, “अत्याधिक धेरै यात्रु भएको मिनी ट्रक मोडमा घुमाउन खोज्दा मानवीय गल्तीको कारण दुर्घटनामा परी बाटोदेखि तल खसेको छ ।” 

स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खवर गरेपछि सुरक्षाकर्मीहरु सहितको उद्धारकर्ताहरुले उनीहरुलाई उद्धार गरेर अस्पताल लगेको सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते मध्ये २० जनालाई आगराको एस एन अस्पतालमा भर्ना गरिएको छ । 

मृतकहरुको शव पोर्टमार्टम गरिएको अधिकारीहरुले बताएका छन् । दुर्घटना हुनुको कारण अहिले सम्म स्पष्ट भईनसकेपनि चालकको लापर्बाहीका कारण दुर्घटना भएको प्रहरीको प्ररम्भिक निष्कर्ष छ । रासस/सिन्ह्वा 

प्रकाशित: २२ वैशाख २०७४ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App