coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'विदेशी लगानीको विशेष सुरक्षा गछौँ'

फाइल फाेटाे

काठमाडौँ – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षा गरिने बताएका छन् । 

थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासद्वारा बिहीबार साँझ सिङ्गापुरमा आयोजित नेपालको पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् । 

सिङ्गापुरका उद्योगी व्यवसायी, आर्थिक तथा कूटनीतिक क्षेत्रका व्यक्तित्व, विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी सो सम्मेलनमा मन्त्री डा महतले नेपालमा जलस्रोत, पूर्वाधार विकास, पर्यटन, कृषि, सूचना प्रविधिलगायतका कैंयौँ क्षेत्रमा लगानीको अवसर रहेको स्पष्ट गरे । 

उनले नेपालमा लगानीको वातावरण नरहेको भनी बाहिरबाट गर्ने गरिएका टिप्पणी यथार्थभन्दा बाहिरका हुन् भन्दै लामो राजनीतिक अस्थिरतापछि नेपाल यतिखेर शान्ति, स्थिरता र विकासको मार्गमा अघि बढेकाले नेपालमा लगानीको उचित वातावरण निर्माण भएको बताए । 

उनको भनाई थियो– “हामी विदेशी लगानीलाई कसरी सुरक्षित र आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत छौँ र यस्तो लगानीलाई सहज र सुरक्षित बनाउने गरी हामीले नियम कानुनको निर्माण गरेका छौँ ।” 

नेपालसँग स्रोत र सम्भावना कैयौँ रहे पनि प्रविधिको अभावमा पछि पर्नु परिरहेको यथार्थ प्रस्तुत गर्दै मन्त्री डा महतले नेपालमा लगानी प्रवद्र्धनका लागि हाल निर्मित सहज वातावरणको सही सदुपयोग गर्न सकिएमा नेपाल र लगानीकर्तालाई समेत फाइदा पुग्नेतर्फ सोच्न आग्रह गरे । 

मन्त्री डा महत सो सम्मेलनमा सहभागिताका लागि गत बुधबार सिङ्गापुर गएका हुन् । 

प्रकाशित: २२ वैशाख २०७४ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App