coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसका मधेसी नेता पहाडी जिल्लाको चुनाव कमान्डर

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन केन्द्रीय सदस्यलाई जिल्लाजिल्ला खटाएको छ । पार्टी नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबारको बैठकले वैशाख ३१ गते हुने निर्वाचनका लागि केन्द्रीय सदस्य खटाउने निर्णय गरेको हो । 

स्थानीय तहलाई पार्टीका उम्मेदवारको पक्षमा प्रचारप्रसारका लागि आवश्यकता अनुसार कार्यक्रम तय गर्न निर्देशन दिंदै कांग्रेसले खटाइएका केन्द्रीय नेतालाई चुनाव सम्पन्न नहुन्जेल सम्बन्धित जिल्लामै रहेर सहयोग गर्न  भनेको छ । कांग्रेसले काठमाडौंबाहेक  जिल्लामा एक-एक केन्द्रीय सदस्य खटाएको छ । काठमाडौंमा भने केन्द्रीय सदस्य महेश आचार्य र लक्ष्मी परियारलाई यो जिम्मेवारी तोकिएको छ । 

तराई-मधेस भूगोलका नेतालाई कांग्रेसले पहाडी जिल्लाको चुनावी कमान्डरका रुपमा खटाएको छ । तराई-मधेसको भूगोलबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका चित्रलेखा यादव, उमाकान्त चौधरी, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, रामकृष्ण यादवलगायत पहाडी जिल्लाको चुनावी कमान्डर बनाएर पठाएको छ ।

उमाकान्त चौधरी दोलखा, नारायण खड्का रामेछाप, रामकृष्ण यादव सिन्धुली, बलबहादुर केसी काभ्रे, आनन्द ढुंगाना भक्तपुर, महेश आचार्य÷लक्ष्मी परियार काठमाडौं, फरमुल्लाह मन्सुर ललितपुर, गुरुराज घिमिरे धादिङ, कल्याण गुरुङ चितवन, कृष्णप्रसाद सिटौलालाई सिन्धुपाल्चोकमा खटाइएको छ । 

त्यस्तै,  चित्रलेखा यादव नुवाकोट, रमेश रिजाल मकवानपुर, मानबहादुर विश्वकर्मा रसुवा, पुष्पा भुसाल गोरखा, भीष्मराज आङ्दम्बे लमजुङ,  मिनेन्द्र रिजाल तनहुँ,  शेखर कोइराला कास्की,  डिला संग्रौला स्याङ्जा, सरिता प्रसाईं पर्वत, ज्ञानेन्द्रबहादुर कार्की बाग्लुङ, किरण यादव म्याग्दी, सुजाता परियार नवलपुर (नवलपरासी), दिलेन्द्रप्रसाद बडू सुर्खेत, विश्वप्रकाश शर्मा दैलेख, एनपी साउद जाजरकोट, अजयकुमार चौरासिया कालिकोट, बद्री पाण्डेलाई मुगुमा  खटाइएको छ ।

बीरबहादुर बलायर जुम्ला, महेन्द्र यादव डोल्पा, पार्वता डिसी चौधरी हुम्ला, चन्द्र भण्डारी रुकुम, किशोरसिंह राठोर सल्यान, मीन विश्वकर्मा मुस्ताङ र सीता गुरुङलाई मनाङमा खटाइएको छ । 

स्थानीय तह निर्वाचन प्रचार उपसमितिका संयोजक रमेश लेखकले स्थानीय आवश्यकता अनुसार उम्मेदवारले प्रचारप्रसार कार्यक्रम तय गर्ने बताए । केन्द्रस्तरबाट कुनै कार्यक्रम तय नभएको बताउँदै लेखकले स्थानीय आवश्यकता अनुसार कार्यक्रम र सभाका कार्यक्रम तय गरिने जानकारी दिए । 

पार्टी केन्द्रीय कार्यालयले निर्वाचन प्रयोजनका लागि प्रत्येक स्थानीय तहमा ५ सय झन्डा, रुख चिह्न १ हजार, घोषणापत्र १ हजार थान पठाएको छ । 

प्रकाशित: २२ वैशाख २०७४ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App