७ वैशाख २०८१ शुक्रबार
समाज

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

पश्चिमतर्फ जाँदै गरेको मे १ ख २२२१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ७१८७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक धनुषाको पोर्ताहा–८ निवासी सुनिल दासको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाईकलको पछाडि सवार सोही ठाउँका दीपेश पासवान घाइते भएका छन् । 

ठक्करबाट गम्भीर घाईते भएका दासको मिर्चैयास्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते पासवानलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको बताइएको छ । रासस 

प्रकाशित: २२ वैशाख २०७४ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App