७ वैशाख २०८१ शुक्रबार
कला

पुसमा 'राज्जा रानी'

काठमाडौं- पश्चिम तराईको सानो जनजाति समुदायको संवेदना र प्रेमकथालाई विषय बनाएर निर्माण गरिएको फिल्म 'राज्जा रानी' पुस २८ गते रिलिज हुने भएको छ। केकी अधिकारी र नाजिर हुसेनले अभिनय गरेको  फिल्मका निर्माता रमेश एमके पौडेल र वितरण कम्पनी एफडीबीच बुधबार पुसमा रिलिज गर्ने सहमति भएको हो। 

यो फिल्ममा यम थापाको डेब्यु निर्देशन छ। फिल्म लेखकसमेत रहेका थापाले यसअघि फिल्म 'कोहिनूर', 'वीर विक्रम', 'शब्द', 'के म तिम्रो होइन र' र 'रानी' लेखिसकेका छन्।

फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे र अशोक आचार्यले समेत अभिनय गरेका छन्। फिल्ममा ताराप्रकाश लिम्वू र दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र पुरुषोत्तम प्रधानको छायांकन छ।

प्रकाशित: २२ वैशाख २०७४ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App