coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राजकुमार फिलिपले जिम्मेवारी परित्याग गर्ने

लन्डन- बेलायत एडिनबर्गका ड्युक राजकुमार फिलिप यस वर्षको शरदबाट शाही जिम्मेवारीबाट निवृत हुने बेलायतको बकिंघम राजदरवारले घोषणा गरेको छ। बेलायतकी महारानी एलिजबेथ द्वितियका श्रीमान् एडिनबर्गका ड्यूक राजकुमार फिलिपले आगामी अगस्ट महिनादेखि सार्वजनिक जिम्मेवारी वहन नगर्ने बकिंघम राजदरबारले घोषणा गरेको हो।

राजकुमार फिलिपले पद त्याग गर्ने निर्णय आफू स्वयंमले नै गरेको र उनको निर्णयलाई उनकी श्रीमती एंव महारानी एलिजबेथकोसमेत पूर्ण समर्थन रहेको बंकिघम दरबारले जारी गरेको एक वक्तव्यलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। राजदरवारले जारी गरेको वक्तव्यका अनुसार राजकुमार फिलिपका यसअघि नै निर्धारण भएका जिम्मेवारी भने उनले पूरा गर्नेछन् भने अन्य अब नयाँ निमन्त्रणा भने स्वीकार गर्ने छैनन्।

पद त्याग गरेपनि बेलाबखत उनले आफ्नो अवस्थालाई ख्याल गर्दै केही सार्वजनिक समारोहमा भने सहभागिता जनाउन सक्ने पनि वक्तव्यमा जनाइएको छ। आगामी महिना ९६ बर्ष पुग्न लागेका एडिनबर्गका ड्यूक राजकुमार फिलिप हाल विभिन्न सात सय ८० वटा भन्दा बढी संघसंस्थामा संरक्षक, अध्यक्ष अथवा सदस्यका हैसियतले सम्बद्ध छन् र त्यस्तो सम्बद्धता भने उनले सार्वजनिक पद त्याग गरेपनि निरन्तर नै रहने बताइएको छ।

बकिंघम दरबारका अनुसार राजकुमार फिलिपको जिम्मेवारीमा रहेको औपचारिक जिम्मेवारीका सम्पूर्ण कार्यक्रममा महारानी एलिजाबेथले नै सहभागीता जनाउने कार्यलाई निरन्तरता दिनेछिन्। ९५ वर्षे राजकुमार फिलिपले गत वर्ष एक सय दश दिन सार्वजनिक कार्यक्रममा सहभागिता जनाएर बेलायती राजपरिवारमा व्यस्त सदस्यमा पाचौंमा परेका थिए।

प्रकाशित: २२ वैशाख २०७४ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App