coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसदहरुको सनाखतपछि मात्र महाअभियोग अघि बढाउन एमालेको माग

काठमाडौं—बैशाख २१ नेकपा एमालेले प्रधान न्यायाधीश सुशील कार्कीविरुद्ध महाभियोग प्रस्तावमाथि सनाखत गरेर मात्रै अघि बढाउनु पर्ने माग गरेको छ।

‘सत्तारुढ दलकै नेताहरुले समेत संसदीय दलमा आफ्नो उपस्थितिलाई त्यसमा प्रयोग गरेको सार्वजनिक रुपमा बनाउनु भएको छ। फोटोकपी हस्ताक्षरको आधारमा कसरी बढ्न सक्छ? पहिले सनाखत हुनुपर्छ ।’

चुनाव सम्बन्धी एमालेको नियमित पत्रकार सम्मेलनमा बोल्दै एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले महाअभियोग प्रस्तावमा हस्ताक्षर रहेका सांसदहरुले आफ्नो हस्ताक्षर दुरुपयोग भन्ने धेरैले बताएकाले सनाखत गर्न माग गरेका हुन्।

‘यो परित हुँदैन भन्ने थाहा हुँदाहुदै ल्याएको प्रस्ताव हो। त्यसैदिन दुई तिहाइ पुग्दैन भनेर सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएको थिएन। त्यसैदिन यो प्रस्ताव आएको हो’ नेम्वाङले भने, ‘सत्तारुढ दलकै नेताहरुले समेत संसदीय दलमा आफ्नो उपस्थितिलाई त्यसमा प्रयोग गरेको सार्वजनिक रुपमा बनाउनु भएको छ। फोटोकपी हस्ताक्षरको आधारमा कसरी बढ्न सक्छ? पहिले सनाखत हुनुपर्छ।’

गृहमन्त्री बिमलेन्द्र निधि, काँग्रेस सभासद राधेश्याम अधिकारीसहितका नेताहरुले अर्कौ प्रयोजनका लागि गरिएको हस्ताक्षर महाभियोगमा प्रयोग गरिएको उनले बताए।

 

 

प्रकाशित: २१ वैशाख २०७४ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App