coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवाको पत्रले भरतपुरमा कोइरालाको उम्मेदवारी फिर्ता

कांग्रेसका चितवन जिल्ला नेता दिनेश कोइराला। फाइल तस्विर

काठमाडौं—नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पत्रलाई वैधानिक मान्दै चितवन जिल्ला निर्वाचन कार्यालयले भरतपुर महानगरपालिकामा दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गरेको छ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको सूचना टाँस गर्दैगर्दा काँग्रेसका मेयर प्रत्यासी कोइराला भने भोट माग्ने अभियान चलाइरहेका थिए।

जिल्ला निर्वाचन कार्यालयले सूचना टाँस गरी भरतपुरमा काँग्रेसका मेयर प्रत्यासी कोइराला र माओवादी उपमेयर सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको हो।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको सूचना टाँस गर्दैगर्दा काँग्रेसका मेयर प्रत्यासी कोइराला भने भोट माग्ने अभियान चलाइरहेका थिए।

भरतपुर महानगरपालिका काँग्रेसको पकड क्षेत्र भएको निष्कर्ष निकाल्दै चितवन काँग्रेसले बुधबार कसैसँग तालमेल नगर्ने निर्णय गरेको थियो। अाफू कमजोर रहेको अवस्थामा तालमेल गर्नुपर्नेमा भरतपुरमा बलियो स्थितिमा रहँदा माओवादीसँग तालमेल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रधानमन्त्री एवं माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई मेयरमा विजयी गराउने उद्देश्यसहित काँग्रेसको केन्द्रबाट हस्तक्षेप भएकोमा कार्यकर्ताले सामाजिक सञ्जालबाट निरासा एवं आक्रोस पोखेका छन्।

तालमेलबिनै भरतपुरको चुनाब जितिने ठहर चितवन काँग्रेस एवं चितवनका काँग्रेस सांसदहरुको रहँदै अाएको थियो।

चितवन काँग्रेसका सभापति जितनारायण श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै भनेका थिए, '‘हामी आफ्नै शक्तिका भरमा चितवनमा चुनाव जित्दै छौं। यो हाम्रो गढ हो। यहाँ अरुसँग मिलेर चुनाव लड्ने भन्ने प्रश्न नै छैन।’ चितवनका काँग्रेस सांसदहरु समेत चुनाबी तालमेल आवश्यक नभएको निष्कर्षमा पुगेका बेला केन्द्रबाट हस्तक्षेप भएको हो।

चितवनको भरतपुरमा नेपाली काँग्रेसले दिनेश कोइरालालाई मेयर र पार्वती शाहलाई उपमेयरको टिकट दिएको थियो। माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा उठाएको छ।

सत्तारुढ काँग्रेस-माओवादीबीच बिहीबार काठमाडौं, पोखरा र चितवनमा चुनाबी तालमेल गर्ने सहमति भएको थियो। काठमाडौं र पोखरामा माओवादीले काँग्रेसलाई मेयर छोड्ने, चितवनमा काँग्रेसले माओवादीलाई मेयर दिने सहमति बनेको थियो। जिल्लास्थित पार्टीका कुनै संयन्त्र माओवादीसँग तालमेलको पक्षमा नदेखिएपछि सभापति देउवाले नै आयोगलाई पत्र पठाउनु परेको हो।

देउवाले पठाएको पत्र

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App