७ वैशाख २०८१ शुक्रबार
राजनीति

भरतपुरमा चुनाबी तालमेल नगर्ने चितवन काँग्रेसको घोषणा

चितवन – चितवन काँग्रेसले आफूहरुले जिल्लामा कसैसँग चुनाबी तालमेल नगर्ने बताएको छ । भरतपुर महानगरपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने चर्चा आइरहेका बेलामा चितवन काँग्रेसले त्यो आधारहीन कुरा भएको प्रष्ट्याएको छ । भरतपुर काँग्रेसको गढ भएका कारण अन्य दलहरुसँग तालमेल गर्न आवश्यकता नै नरहेको नेताहरुको भनाइ छ ।

‘निर्वाचनका सन्दर्भमा अन्य राजनैतिक दलहरूसँग नेपाली काँग्रेसले गठबन्धन नगरेको स्पष्ट पार्छु । यस बारेमा कही कतै समाचारहरू आएका रहेछन् भने ति भ्रामक हुन् । त्यसको खण्डन गर्छु’ नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बिहीबार भरतपुरमा काँग्रेसका मेयर उपमेयरहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि नेताहरूले गठबन्धन नहुने बताए ।

‘हामी आफ्नै शक्तिका भरमा चितवनमा चुनाव जित्दै छौं । यो हाम्रो गढ हो । यहाँ अरुसँग मिलेर चुनाव लड्ने भन्ने प्रश्न नै छैन’ नेपाली काँग्रेस चितवनका पूर्व सभापति तथा चितवन क्षेत्र नं. ४ का सांसद रामकृष्ण घिमिरेले भने । चितवनमा भरतपुरमा नेपाली काँग्रेसले दिनेश कोइरलालाई मेयर र पार्वती शाहलाई उपमेयरमा उठाएको छ । माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा उठाएको छ । 

प्रकाशित: २१ वैशाख २०७४ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App