८ वैशाख २०८१ शनिबार
समाज

पाटन पुनःनिर्माणमा जापानको ८० लाख सहयोग

सहयोग हस्तानान्तरण गर्दै नेपालका लागि जापानी राजदुत मासी ओगावा । साथमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल । फोटो : दीपक खरेल

काठमाडौं  – जापान सरकारले पाटन दरबार क्षेत्रको पुनःनिर्माणका लागि ८० लाख रुपैयाँ बराबरको प्राविधिक तथा आर्थिक सहयोग गरेको छ । 

नेपालका लागि जापानका राजदूत मासी ओगावाले बिहीबार काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) का प्रमुख डाक्टर रोहित रञ्जितलाई सहयोग रकम र उपकरण हस्तानान्तरण गरेका हुन् । जापानको संस्कृती विभागले पुनःनिर्माणका लागि आवश्यक आधुनिक उपकरण र नगद उपलब्ध गराएको हो ।

केभीपीटीका अनुसार पाटन दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, चारनारायण मन्दिर, भिस्वेस्वरा मन्दिर र मनि मण्डपको निर्माणका लागि आवश्यक उपकरण सहयोग उपलब्ध भएको हो । 

उपकरण हस्तानान्तरण कार्यक्रममा बोल्दै राजदूत ओगावाले सांस्कृतिक समानता रहेको मित्रराष्ट्र नेपाललाई जापान सदैव सहयोग गर्न तयार रहेको जानकारी दिए । उनले महाभूकम्पले क्षतिग्रस्त सम्पदा पुरानै अवस्थामा निर्माण गर्न जापान सरकारले अगामी दिनमा समेत सहयोग गर्ने बताए । 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले महाभूकम्पमा क्षतिग्रस्त सम्पदाको निर्माण कार्यको निर्माणमा परम्परागत र पुरातत्व विभागकै निर्देशिका अनुसार निर्माणमा केभीपीटी सक्रिय रहेको बताएका थिए ।

केभीपीटीका प्रमुख रञ्जितले सम्पदा पुनःनिर्माण हतारमा नभई गुणस्तरीय बनाउन सक्रीय रहेको जानकारी दिए । उनले भत्किएका सम्पदालाई आधार बनाएर सोही अनुसारको निर्माणमा केभीपीटी सक्रिय रहेको जानकारी दिए । उनले भने ‘निर्माणमा समय कति लाग्यौं भन्दा पनि हामी कति दिर्घकालिन, पुरातात्विक मान्यता र बलियो संरचना निर्माण गर्छौ त्यो विशेष हो।’

जापान सरकारका तर्फबाट ७७ हजार आठसय पाँच अमेरिकी डलर बराबर सहयोग उपलब्ध भएको हो ।

 

प्रकाशित: २१ वैशाख २०७४ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App