काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जेठ ३१ को चुनाव मिति सार्नेबारे गम्भीर वार्ता भएको छ। सिंहदरवारमा भएको छलफल महाभियोग प्रस्ताव, बजेट र जेठ ३१ को चुनाव मितिबारे केन्द्रीत रहेको बताइएको छ।
एउटा चुनाव त वैशाख ३१ गते हुने नै भयो। अर्को बजेट र जेठ ३१ गतेको चुनावलाई कसरी गर्ने भन्ने विषयमा सकारात्मक छलफल भयो,' श्रेष्ठले भने।
बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता र त्यसपछि चुनाव मितिलाई कसरी मिलाउने भन्ने विषयमा छलफल भएको बताए। उनले सबै पक्षको सहमतिमा जेठ ३१ गतेको चुनाव मिति सार्नसकिने बताए। 'एउटा चुनाव त वैशाख ३१ गते हुने नै भयो। अर्को बजेट र जेठ ३१ गतेको चुनावलाई कसरी गर्ने भन्ने विषयमा सकारात्मक छलफल भयो,' श्रेष्ठले सञ्चारकर्मीसँग भने।
यता एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश सुशील कार्कीमाथिको महाभियोग प्रस्ताव फिर्ता गर्न आग्रह गरेको बताए। जेपायो त्यही काम त गर्नु भएन नि भन्दै ओलीले प्रस्ताव फिर्ता नलिए संसद अवरुद्ध पार्ने बताए।
उनले संविधान संशोधनको सबालमा भोटिङमा जानुपर्ने बताए। 'संविधान संशोधन भोटिङमा ल्याउन भनिरहेका छौं। तर सरकार नै भागिरहेको छ,' ओलीले भने।
बैठकमा दाहाल र ओलीबाहेक नारायणकाजी श्रेष्ठ र सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए
प्रकाशित: २१ वैशाख २०७४ ०७:०४ बिहीबार