coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काभ्रेपलाञ्चोकमा ४०१ दलित महिला उम्मेद्वार

बनेपा – छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि १३५ वडाका ४०१ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । ती वडामा उम्मेद्वारी दिएकामध्ये १३५ दलित महिला मात्रै निर्वाचित हुने छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा २६, नमोबुद्ध नगरपालिकामा ३८, मण्डनदेउपुर नगरपालिकामा ३५, पनौती नगरपालिकामा ४०, पाँचखालमा नगरपालिकामा ४२ र बनेपामा नगरपालिाकामा ४२ सहित २२३ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । 

त्यस्तै महाभारत गाउँपालिकामा २१, तेमाल गाउँपालिकामा २५, रोशी गाउँपालिकामा ४१, भूम्लुगाँउपालिकमा ३१, बेथनाचोक गाउँपालिकमा १८, चौरीदेउरालीमा २७ र खानीखोलामा १५ सहित १७८ जना दलित महिला सदस्यले उम्मेद्वार मनोनयन गरेका छन् । 

यसबाहेक दलित तथा अल्पसङ्ख्यकबाट ६४ जनासमेत निर्वाचित हुने छन् । मनोनयनमा दलित तथा अल्पसङ्ख्यकको विषयमा फरकफरक व्यवस्थापन नभई अन्य भएकाले त्यसको विवरण आउन नसकेको निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए । 

प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा नेपाललगायतका विभिन्न दलले दलित महिला सदस्यका लागि उम्मेद्वार उठाएका छन् । रासस 

प्रकाशित: २१ वैशाख २०७४ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App