coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सलमानले गरे एक च्यानलसँग एक हजार करोडको सम्झौता!

मुम्बई–बलिउड स्टार सलमान खानले एक भारतीय च्यानसँग आफ्नो फिल्मको कपी राइट्सका लागि एक हजार करोडको सम्झौता गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

संचारमाध्यमका अनुसार हालै गरिएको सम्झौता अनुसार उक्त च्यानलले सलमानको अब आउने १० वटा फिल्म स्याटेलाइट राइट्स किनेको हो । साथै उनले उक्त च्यानलमा सहभागी भई अपिरियन्ससमेत दिने बताइएको छ।

यस सम्झौतासँगै कुनै पनि च्यानलाई स्याटेलाइट राइट्स बेच्ने सलमान महंगो सेलिब्रेटी भएका छन्। यसअघि ऋतिक रोशनले एक च्यानलनसँग आफ्नो ६ वटा फिल्मको राइटस् ५ सय ५० करोडमा बिक्री गरेका थिए भने अजय देवगणले आफ्नोे फिल्मको स्याटेलाइट् राइटस् एक च्यानललाई लागि ४ सय करोडमा बिक्री गरेका थिए। स्वयम् सलमानले भने सोही च्यानलसँग ५ सय करोडको सम्झौता गरेका थिए।

पछिल्लो समय आएका बजरंगी भाइजान, प्रेम रतन धन पायो र हालै आएको सुल्तानले बक्स अफिसमा कब्जा जमाएपछि सलमानले आफ्नो पुरानो सम्झौता तोड्दै एक हजार करोडमा नयाँ सम्झौता गरेको संचार माध्यमहरुले जनाएका छन्।

 

 

प्रकाशित: १ श्रावण २०७३ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App