coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गाउँपालिका अध्यक्षमा पुरुष मात्रै उम्मेदवार

ललितपुर- ललितपुरका ३ वटा गाउँपालिकाको अध्यक्षमा पुरुषले मात्रै उमेदवारी दर्ता गराएका छन्। मुख्य दलले अध्यक्ष पदका लागि पुरुषलाई मात्र अघि सारेका हुन्। राप्रपा र अन्य साना दलले अध्यक्ष पदमा उमेदवारी दिएका छैनन्।

बागमती गाउँपालिका प्रमुखमा एमालेका दुर्गाप्रसाद घिमिरे, कांग्रेसका वीरबहादुर लामा र माओवादी केन्द्रका राजु आलेमगरले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा कांग्रेसले रञ्जना तिमिल्सिना, एमालेले डोलकुमार स्याङ्तान र माओवादी केन्द्रले कमला थापामगरलाई उम्मेदवार बनाएको छ।  कोन्ज्योन्सोम गाउँपालिका प्रमुखमा कांगे्रसका राजन घिमिरे, एमालेबाट कृष्णमान लामा र माओवादीबाट गोपीलाल तामाङ उम्मेदवार छन्। उपप्रमुखमा कांग्रेसले लक्ष्मीमाया लोप्चन, एमालेले सुष्मिता दुलाल घिमिरे र माओवादी केन्द्रले मिग्मा लामालाई उम्मेदवार बनाएको छ।

त्यस्तै महांकाल गाउँपालिकामा काग्रेसका भीमसेन घिमिरे, एमालेका रामचन्द्र दाहाल, माओवादीका बुद्ध नेगी उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ। उपप्रमुखमा कांग्रेसले सुशीला अधिकारी, एमालेले कमला तामाङ र माओवादी केन्द्रले विमला आचार्यलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: २१ वैशाख २०७४ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App