७ वैशाख २०८१ शुक्रबार
समाज

तमोर नदीमा निमार्णाधीन मोटरेवल पुल बगाउँदा अढाई करोड बढीको क्षति

ताप्लेजुङ–ताप्लेजुङका दुुई निर्वाचन क्षेत्र जोड्ने तमोर नदीमा निमार्णाधीन मोटरेवल पुल बगाउँदा अढाई करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गएराति १ बजेर ३५ मिनेट जाँदा यो पुुल नदीले बगाएको स्थानीय हरि काफ्लेले जानकारी दिए। ‘नदीमा पानी बढेको सुुनेपछि हामी पुुललाई असर गर्लाकी भनेर हेर्न गएका थियौं’ यही बेला पुुल बगायो,’ पुल बगाएको देखेका उनले भने।

उनका अनुसार पुुल निमार्ण भई रहेको स्थलको ताप्लेजुुङ नगरपालिकातर्फको भागबाट पुुल नदीले बगाएको थियो। नदीमा पानीको बहाव बढेर थप काम गर्न नसकिने भएपछि गएको जेठ १७ गतेबाट निमार्ण कम्पनी कन्काई इन्टरनेशनल बिल्र्डसले कामबीचमै रोकेको थियो। बैशाख २० गतेबाट निमार्ण कार्य सुरु भएको यो मोटरेवल पुलको ६० प्रतिशत बढी ट्रष्ट जोडिसकिएको थियो।

पुुलको नियमन गरिरहेको उत्तर दक्षिण लोकमार्ग आयोजनाका योजना प्रमुुख कुवेर नेपालीले निमार्ण कम्पनीले ६ करोड हाराहारी रकम भुक्तानी लिई सकेको र बाँकी निमार्ण कार्य सकिएपछि मात्र भुक्तानी दिने योजना रहेको सुनाए। ७५ मिटर लामो यो पुलको कुुल लागत ११ करोड रहेको छ । उनका अनुसार २०७२ साल फागुुन १५ भित्रै सम्पन्न भई सक्नुुपर्ने पुलको निमार्ण कार्य नसकेपछि उत्तर दक्षिण लोकमार्ग आयोजनाले निमार्ण कम्पनीलाई जरीवाना तिराउँदै कार्य गराई रहेको थियो । नेपालीले योजना अनुसार काम सम्पन्न गर्न नसकेपछि निमार्ण कम्पनीले दैनिक ०.०५ प्रतिशतका दरले सरकारलाई जरीवाना तिरिरहेकोमा निमार्ण भएको पुल पनि बगाएको छ ।

उत्तर दक्षिण लोकमार्ग आयोजनाका प्रमुुख नेपालीले निमार्ण कम्पनीलाई काममा भएको ढिलाई बापत जरीवाना गरेर पुन निमार्ण कार्य थाल्ने कार्यतालिका माग गर्ने तयारी भई रहेको जानकारी दिए। ‘बर्षायाम लागेपछि काम थालेर बीचमै रोकिएको र यो बेलाको भेलले बगाएकोबारे निमार्ण कम्पनी सबैभन्दा बढी जवाफदेही हुनुुपर्छ’, उनले भने, ‘हामीले निमार्ण कम्पनीबाट क्षति भएको गुनासो सुन्ने नभई काम ढिला भए बापत जरीवाना गराएर थप काम थाल्नेतर्फ पहल गर्नुपर्ने हुन्छ।’  बगाएको निमार्णाधीन पुुलको निरीक्षण गर्न गएका यहाँक सिडियो चक्रपाणी पाण्डेले बर्षायाम सकिने बित्तिकै तत्काल थप निमार्ण कार्य थाल्ने बिषयमा निमार्ण कम्पनीसँग चाँडो प्रकृया थाल्न लोकमार्ग आयोजनालाई निर्देशन दिएका छन्।

उनले बन्दै गरेको पुुलसमेत बगाएपछि थप निमार्ण हुँदैन भन्ने स्थानीयको आशंका मेट्नपनि आगामी कार्य तालिका चाँडो निमार्ण जरुरी भएको बताए। हुलास स्टिल कम्पनीले स्टिल पाटपुुर्जा जडानका लागि कन्काई निमार्ण कम्पनीसँग समझौता गरेको हो। २०६७ साल मंसिरमा शिलान्यास भएको यो पुल नियानुसार ३ बर्ष भित्रमा बनिसक्नुुपर्ने भएपनि निमार्ण कम्पनीको ढिलासुस्तीले पर सर्दै गएको आयोजनाको भनाइ छ ।

आयोजनाले जरीवानै असुलेर भएपनि काम गर्न तागेता गरिरहेका बेला निमार्ण भएको पुल पनि बगाएकोमा दुख व्यक्त गरेको छ । तमोर नदी थुनिएर यहाँको सावादिन गाविसमा बनेको ताल फुुटेपछि तमोर नदीमा पानीको बहाव बढेको हल्ला चलेपनि त्यसो नभएको प्रहरीले बताएको छ। यहाँका डिएसपी रामबहादुर केसीले तालमा कुनै समस्या नरहेको तर पानीको मात्रा केहि बढेपनि निकास लगातार भई रहेको जानकारी दिए ।

 

प्रकाशित: १ श्रावण २०७३ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App