८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय चुनाव : दाजुभाइ प्रतिस्पर्धी

काठमाडौं- २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै रमाइला पक्षसमेत बाहिर आउन थालेका छन्। दाजुभाइदेखि सालाभेनासम्मले फरकफरक पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। २०५४ सालपछि बल्ल वैशाख ३१ मा स्थानीय निर्वाचन हुँदैछ।

हेटौंडा उपमहानगर–५ सिँचाइ टोलनिवासी महत दाजुभाइले फरकफरक पार्टीबाट मेयरमा उम्मेदवारी मनोनयन गरेका छन्। नाताले भीमसेन महत भाइ र हरिबहादुर महत दाइ हुन्।

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा मंगलबार दाजुभाइले उम्मेदवारी मनोनयन गरेका छन्। हरिबहादुर एमालेबाट मेयरका उम्मेदवार बनेका छन् भने भीमसेन मालेबाट मेयरको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन्। नाताले हरिबहादुर र भीमसेन सहोदर दाजुभाइ हुन्। तर, राजनीतिक आस्था र विचारका आधारमा भने दुवैको मन नमिलेपछि एकअर्काको प्रतिस्पर्धी हुँदै उम्मेदवारी दर्ता गराएका हुन्।

हरिबहादुर एमाले जिल्ला सदस्य हुन् भने भीमसेन मालेका केन्›ीय सदस्य र मकवानपुरका सचिव हुन्। हरिबहादुर एमालेमा लामो समयदेखि सक्रिय छन्। उनी दुईपटक उपमेयर निर्वार्िचत भइसकेका छन्।

उपमेयरमा एउटै वडाबाट पाँचजना

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयर पदमा एउटै वडाबाट गाउँका पाँच जनाले मनोनयन दर्ता गरेका छन्। स्वतन्त्रसहित एमाले, माओवादी केन्›, राप्रपा, र नयाँ शक्ति पार्टीका उपमेयरमा एकै वडाबाट उम्मेदवारी परेको छ। साबिकका साँगाचोकसहित दस गाविस मिलेर बनेको यो नगरपालिकाको उपमेयर पदमा स्वतन्त्रबाट रोशनराज गिरी, एमालेबाट सीता थापा, माओवादी केन्›बाट जानुका पराजुली, राप्रपाबाट राधामाया गिरी र नयाँ शक्तिबाट विष्णु विकले उपमेयरमा उम्मेदवारी दर्ता गरेका हुन्। उनीहरू सबै साविक साँगाचोक गाविसका मतदाता हुन्। रोशनराज साबिक साँगाचोक गाविस–९ वडाका, थापा ७ वडाका, पराजुली ४ वडाका, राधामाया ४ वडाका र विक ३ वडाका बासिन्दा हुन्।

सालाभेना भिड्दै

सिन्धुपालचोकको मेलम्ची नगरपालिका १० नम्बर वडा सदस्यका लागि सालाभेना अलगअलग पार्टीबाट भिडेका छन्। उनीहरू एमाले, राप्रपा र कांग्रेसवाट उम्मेदवार भएका हुन्। एमालेबाट आकाश माझी, उनका भिनाजु बुद्धि माझी कांग्रेसबाट तथा बुद्धि र आकाश दुवैका भिनाजु कान्छा माझी राप्रपाबाट उम्मेदवार भएका छन्। दलित र महिलाबाहेक सदस्यका लागि उनीहरू प्रतिस्पर्धी बनेका हुन्।

जन्मदिनमा मेयरको टिकट 

भरतपुर महानगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार दिनेश कोइरालाले जन्मदिनकै दिन पार्टीबाट मेयरको टिकट पाएका हुन्। भरतपुरमा मेयरका लागि कांग्रेसबाट करिब तीन दर्जनले दाबी गरेका थिए। तर, शेरबहादुर देउवा र रामचन्› पौडेल पक्षबीच कुरा नमिलेपछि कृष्ण सिटौला पक्षका कोइरालाले बाजी मारेका हुन्। कांग्रेसले मंगलबार सो नगरपालिकामा मेयरमा उम्मेदवार हुन कोइरालालाई टिकट दिने निर्णय गरेको हो। 

अन्तिम समयसम्म सभापति देउवा पक्षले मिलनबाबु श्रेष्ठ र वरिष्ठ नेता पौडेल पक्षले टेकप्रसाद गुरुङको नाममा अडान लिएका थिए। दुबै पक्षबीच सहमति हुन नसकेपछि तेस्रो व्यक्तिका रुपमा कोइरालाले टिकट पाएका हुन्।

धुर्मुसकी सासू माओवादीबाट

हास्य कलाकार सीताराम कट्टेल 'धुर्मुस' की सासू तथा कुन्जना घिमिरे 'सुन्तली' की आमा सीतादेवी घिमिरेले ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरका लागि माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी छन्। पहिलो संविधानसभा निर्वाचनताका एमालेनिकट सीता दोस्रो संविधानसभाताका माओवादीमा प्रवेश गरेकी थिइन्।

पत्रकारिता छाडेर राजनीति

स्थानीय तह निर्वाचनमा पत्रकार पनि उम्मेदवार बनेका छन्। अध्यक्ष तथा मेयरमा भन्दा उपमेयर पदमा महिला पत्रकारलाई विभिन्न पार्टीले जिम्मेवारी दिएका छन्।

पोखरा–लेखनाथ महानगरपालिकाको उपमेयरमा कांग्रेसले पत्रकार सरस्वती गुरुङलाई उठाएको छ। सरस्वती कास्की आवाज राष्ट्रिय दैनिककी अध्यक्ष, रेडियो अन्नपूर्णकी सिनियर आरजे, पत्रकार महासंघकी केन्›ीय पार्षद हुन्।

त्यस्तै सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको अध्यक्षमा पत्रकार लक्ष्मी पौडेल उम्मेदवार बनेका छन् । पौडेल पत्रकार महासंघका  केन्द्रीय पार्षद हुन्।

कांग्रेसबाटै काभ्रेको देउपुर नगरपालिकाको उपमेयरमा पत्रकार राधिका ढकालले उम्मेदवारी दिएकी छन्।  ढकाल कारोबार दैनिकमा आबद्ध छन्।

त्यसैगरी भरतपुर महानगरपालिकाको उपमेयरमा राप्रपाले पत्रकार रीना गुरुङलाई उम्मेदवार बनाएको छ। गुरुङ कालिका एफएमकी स्टेसन म्यानेजर तथा टिभी कालिकाकी निर्देशक हुन्।

माओवादी केन्›ले चितवनको माडी नगरपालिकाको उपमेयरमा पत्रकार सरिता महतोलाई उम्मेदवार बनाएको छ। लेखनाथ–पोखरा महानगरपालिकामा संघीय समाजवादी र नयाँ शक्तिले पत्रकार हुमबहादुर गुरुङलाई मेयरको उम्मेदवार बनाएको छ।

एउटै घर टोलटोलमा फरकफरक पार्टीमा संलग्न मानिस भएकाले उम्मेदवारी पनि त्यसैगरी परेको राप्रपाका नेता राजाराम बर्तोलाले बताए।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानी निर्वाचन भएकाले आफन्तबीच प्रतिस्पर्धा हुनु सामान्य भएको बताए।

प्रकाशित: २१ वैशाख २०७४ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App