coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाबुको सवारीमा छोरालाई तनाव

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार चीन भ्रमणबाट फर्कंदै थिए। उनको सवारी हुने भएपछि सदाझैं सुरक्षाकर्मीले बाटो खाली बनाए। सहरका विभिन्न ठाउँमा सवारी जाममा परे। त्यही जाममा उनका छोरा दिपेश पनि परे। उनी माइक्रोमा कतै जाँदै थिए। माइक्रोबस धेरैबेर सडकमा जाममा परेपछि त्यसमा गुडिरहेको अन्य यात्रुले कारण पत्ता लगाउन थाले। कारण खोज्दै जाँदा सबै यात्रुले थाहा पाए, उपराष्ट्रपतिको सवारी।

'मस“गै माइक्रोबसमा गुडिरहेका यात्रुले नेताहरुले खुब दुःख दिन्छन्, यस्तै हो यो समस्या कहिले नसुल्भि्कने भयो भनेर गाली गर्न थाले,' दिपेशले नागरिकस“ग भने, 'मैले चुपचाप लागेर सुनिरहे। सर्वसाधारणले आक्रोश पोखिरहेका थिए।'

उनले थपे, 'भिआइपी सुरक्षाका नाममा हुने यस्ता सवारीले साँच्चै सर्वसाधारणलाई निकै दुःख दिँदो रहेछ। यात्रुस“गै मलाई पनि त्यत्तिकै असजिलो भइरहेको थियो।'

सर्वसाधारणको पीडा सुनेपछि मन थाम्न सकेनन्। उपराष्ट्रपतिको जाममा एक घन्टा बस्नु परेपछि पुनलाई रिस मात्रै उठेन, उनले त्यो रिसलाई फेसबुक भित्तोमै पोखिदिए। दिपेश लैनचौरबाट बौद्धतर्फ जाँदै थिए।

आफू उपराष्ट्रपतिको छोरा भए र पनि बाबाको सवारीको जामले गर्दा पीडित बनेका दिपेशले फेसबुकमा लेखे, 'छोरालाई त यति रिस उठ्यो भने अरु सर्वसाधारणलाई कति रिस उठ्यो होला?'

सुरक्षा वा अरु जे–जे कारण भए पनि सरकारले भिआइपी सवारी हुँदा निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक नलगाउने वातावरण बनाउन फेसबुकमार्फत उनले सरकारलाई आग्रह नै गरे।

'सवारीले गर्दा सर्वसाधारण दैनिक रुपमा आजितमा परेका छन्,' नागरिकसँग कुरा गर्दै उनले भने, 'यसको वैकल्पिक बाटो खोज्नुपर्छ।' सडक जाम गरेर सर्वसाधारणलाई दुःख दिन नहुने उनले बताए। भिआइपी सवारीका लागि वैकल्पिक तरिका अपनाउन पुनले सुझाव दिए।'

उनको फेसबुक स्टाटसमा लेखेका छन्, 'आज उपराष्ट्रपतिको सवारीका कारण माइक्रोमा घन्टौं जाममा पर्दा म नाताले उपराष्ट्रपतिको छोरो दिपेशलाई त यति धेरै रिस उठ्यो, भनिसाध्य छैन भने अरु सर्वसाधारण जनतालाई झन् कति रिस उठ्छ होला?? सुरक्षा वा जेजे कारण भए पनि सरकारले भिआइपी सवारी हुँदा सकभर सडकमा अरु निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक नलगाई नयाँ नियम वा छोटो बाटोको व्यवस्था गरी भिआइपी सवारी हुँदा सडकमा सर्वसाधारणको हैरानी व्यहोर्नु नपर्ने गरी ट्राफिक व्यवस्था गर्दा कसो होला??'

प्रकाशित: ४ असार २०७३ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App