५ वैशाख २०८१ बुधबार
राजनीति

सुन्दरबजार नगरपालिकामा कांग्रेसको प्रमुख देखि सदस्यसम्मै बागी

लमजुङ- सुन्दरबजार नगरपालिकामा नेपाली काँग्रसको बागी उम्मेदवारी परेको छ।            नेपाली काँग्रेसका नगर सभापति द्वारिका मिश्रले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

नगरप्रमुखका लागि आफुले टिकट पाउनु पर्नेमा पार्टीले वद्रीमान श्रेष्ठलाई छनौट गरेको भन्दै मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनी सँगै उपप्रमुखमा रामचन्द्र अधिकारी, वडाध्यक्षका लागि नं १ मा भुवनराज गौली, २ मा परशुराम केसी, ३ मा मुक्तिनाथ अधिकारी, ४ मा सुकबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् ।

४ नं वडा सदस्यहरुमा विमला न्यौपाने, कृष्णविलास न्यौपाने, ज्ञानराज खनिया र शोभा परियारले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरि, ५ नं वडाध्यक्षका लागि सुर्यकुमार गुरुङ, ६ मा रामजी भट्टराई, ७ मा चन्द्रप्रसाद पोख्रेल, सदस्यमा सुदिप श्रेष्ठ र ९ नं अध्यक्षमा रामजी कँडेल र सदस्यहरुमा बासुदेव कँडेल र मंगली तामाङले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

 

प्रकाशित: २० वैशाख २०७४ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App