coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साईवर अपराध सचेतनामा वृद्धि (भिडियो)

काठमाडौं– सामाजिक संञ्जाजको प्रयोगकर्ता बढेसँगै साईवर अपराधसम्बन्धी सचेतनामा वृद्धि भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको तत्थ्याङ अनुसार सामाजिक संञ्जालमार्फत मानहानीको उजूरी लिएर आउनेको संख्या ६ सय ५७ रहेको छ।

२०७३/०७४ भित्र अपराध महाशाखामा दर्ता भएका ६ सय ५७ उजूरीमध्ये नौं जनालाई विद्युतिय कसुर तथा साईवर अपराध अन्तर्गतको मुद्दा चलाइएको छ। ‘नेपालमा सामाजिक संञ्जाजको प्रयोगकर्ता बढिरहेका छन्। सामाजिक संञ्जालमार्फत मानहानी, इमेलमार्फत धम्की, ह्याकिङ, वेब तथा एसएमएस धम्की, अश्लील वेवसाइट र कपिराईट लगायत विभिन्न अपराधको घटनाहरुको बारे उजूरी पर्ने गरेको छ। सामाजिक संञ्जालअन्तर्गत फेसबुक र ट्वीटरमार्फत मानहानीका उजूरी धेरै दर्ता हुने गरेका छन्,‘महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी पशुपति रेले भने,‘उजूरी परेकामध्ये अधिकांशलाई सम्झाई बुझाई गरेपनि नौं जनालाई विद्युतिय कसुर तथा साईवर अपराध अन्तर्गतको मुद्दा चलाइएको छ।’

भिडियो:

 

गत वर्षको सामाजिक संञ्जालसम्बन्धी आठ सय ३० वटा उजूरी परेका थिए। जसमध्ये १७ वटा उजूरीमाथि मुद्दा चलाइएको थियो । त्यस्तै ४ वटा ह्याकिङ र १ वटा फिल्म कपिराईटको मुद्दा लागेको थियो । २०७१/०७२ मा भने तीन सय ९ वटा उजूरी परेका मध्ये १२ वटामा मुद्दा चलाएर कारवाही गरिएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी महाशाखाले सामाजिक संञ्जालअन्तर्गतका उजूरीलाई हेर्ने गरेको छ । २०६८/०६९बाट सुरु गरिएको विद्युतिय कसुर तथा साइवर अपराधको पहिलो आर्थिक वर्षमा नौं वटामा मुद्दा चलानी गरिएका थिए । त्यसपछि २०६९/०७० मा भने १९ वटा र २०७०/०७१मा भने ३९ वटा उजूरीमा मुद्दा चलानी भएका थिए ।

महानगरीय प्रहरी महाशाखाले त्रिवर्षिय साइवर अपराधलाई अवलोकन गर्ने व्यवस्था गरेको छ। ‘पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलको तुलनामा काठमाडौं उपत्यकामा साइवर अपराधका उजूरी धेरै आउने गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोमार्फत राजधानीबाहिरबाट साइवर अपराधका उजूरी आउने गरेका छन्। महानगरीय प्रहरी महाशाखाले भने नेपाल उपत्यका र देशभरबाट आउने उजूरीलाई हेर्ने व्यवस्था गरिएको छ,’उनले भने । इन्टरनेटमार्फत हुने अपराधलाई निरुत्साहित पार्न विद्युतिय कारोवार ऐन २०६३को दफा ४४ देखि ५९ अन्तर्गत दुई लाख जरिवाना र ३ वर्षको कैद वा दुवै सजायको व्यवस्था गरिएको छ। नेपालमा हालसम्म ईमेल मार्फत धम्की दिने तथा नगद माग गर्ने, सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्बीर प्रयोग गरेर, प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दु:ख दिने, विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने, मोबाईल मार्फत धम्कीपूर्ण एसएमएस पठाउने लगायतका साईबर अपराधका प्रकृति देखिएका छन्।

 

 

प्रकाशित: २० वैशाख २०७४ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App