परराष्ट्रमन्त्री डा. महत सिङ्गापुर प्रस्थान

बुधबार, २० बैशाख २०७४, १७ : ०१ नागरिक

काठमाडौँ –  परराष्ट्रमन्त्री डा प्रकाशशरण महत थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासद्वारा बिहीबार सिङ्गापुरमा आयोजना गर्ने नेपाली पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनमा सहभागिताका लागि बुधबार त्यसतर्फ प्रस्थान गरे । 

सिङ्गापुरमा रहँदा उनले सो सम्मेलनलाई सम्बोधन गर्नुका साथै सिङ्गापुरका विदेश मामिला एवम् मानवसंशाधन सम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। 

परराष्ट्र मन्त्री डा महत शुक्रबार सिङ्गापुरबाटै भारतका लागि प्रस्थान गर्नेछन् । भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको यही मे ५ देखि आयोजना गरिने दुई दिने सम्मेलनको परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । 

सो सम्मेलनमा नेपालको आर्थिक कुटनीतिअन्तर्गत आर्थिक विकास, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शङ्करदास वैरागीसहित नेपाल र भारतका विज्ञको प्रस्तुति रहने छ । मन्त्री डा महत आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ । रासस 







यसमा तपाईको मत

अन्य समाचार

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

Ncell Footer Ad