संविधान संशोधनको पक्षमा भोट हाल्छौं- राप्रपा प्रमुख सचेतक

बुधबार, २० बैशाख २०७४, १६ : ४२ नागरिक

काठमाडौं- राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले सरकारबाट बाहिरिएपनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने स्पष्ट पारेका छन्। उनले भने,‘मुलुकको निकासको लागि ल्याईएको संशोधन प्रस्तावको पक्षमा हामीले भोट हाल्ने निर्णय गरेका छौं, हामी सरकारमा नभएपनि हाम्रो पूर्ववर्ती निर्णय यथावत छ।’

गिरीले सरकारका प्रमुख घटक काँग्रेस र माओवादी केन्द्रले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुअघि आफ्नो पार्टीसँग कुनै छलफल तथा सल्लाह नै नगरेको गुनासो पोखे । उनले भने,‘हाम्रो पार्टी यो सरकारको तेस्रो ठूलो घटक थियो, तर महाअभियोग ल्याउनेबारे हामीसँग कुनै छलफल नै गरिएन, यो प्रस्ताव गैरसंवैधानिक र अप्रजातान्त्रिक छ, हामी विपक्षमा मतदान गछौं, पार्टीले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेपछि सरकारमा बसिरहनुको कुनै औचित्य हुँदैनथ्यो।’ उनले स्वतन्त्र न्यायापालिकामाथि महाअभियोग प्रस्ताव दर्ता हुनु दुःखद भएको टिप्पणी गरे।

उनले दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यो निर्वाचन प्रजातन्त्रलाई बलियो बनाउनको लागि पनि अनिवार्य रहेको कुरा आफ्नो पार्टीले विगतदेखि नै पटक पटक रुपमा आवाज उठाउँदै आएको स्पष्ट पारे। उनले भने,‘हाम्रो पार्टीले निर्वाचनको पक्षमा सडक र सदन दुवैमा कुरा उठाएका थियौं।’ उनले यसपटकको निर्वाचन विगतको जस्तो नभएको उल्लेख गर्दै सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउन पनि यो महत्वपूर्ण हुने तर्क गरे । गिरीले तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ भन्दै राप्रपा चुनावमा उत्साहजनक रुपमा सहभागी भैरहेको स्पष्ट पारे।








यसमा तपाईको मत

अन्य समाचार

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले...

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

Ncell Footer Ad