संविधान संशोधन अन्यौलमा पार्न महाअभियोग प्रस्ताव : लक्ष्मणलाल कर्ण

बुधबार, २० बैशाख २०७४, १६ : ३७ नागरिक

काठमाडौं-  राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई अन्यौलमा पार्नको लागि वर्तमान सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधीशमाथि नियतबस महाअभियोग प्रस्ताव दर्ता गराएको आरोप लगाएका छन्।

रिपोटर्स क्लवमा बोल्दै कर्णले भने,‘सरकारले बैशाख १७ गतेभित्रै संशोधन प्रस्ताव पारित गर्छु भनेको थियो, तर त्यही दिन राप्रपाका सांसदहरुको उपस्थिति नै भएन, र विद्येयक अघि बढ्न सकेन, यो सरकारको नियतमा नै खोट छ, त्यसपछि प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव आयो, गृहमन्त्रीले राजिनामा दिए, यो सबै राजनीतिक भुईचालो आउनुको कारण भनेको नै संशोधन प्रस्ताव पारित गराउन नचाहनु हो, ओझेलमा पार्नु हो।’

कर्णले कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्तावबारे टिप्पणी गर्दै भने,‘महाअभियोग प्रस्ताव ल्याएर व्यवस्थापिका संसदले न्यायपालिकामाथि ठाडो आक्रमण गरेको छ, यो भनेको लोकतन्त्रमाथिको प्रहार हो।’ उनले राज्यका तीन वटै निकाय व्यवस्थापिका, कार्यपालिका र न्यायालयवीच शक्ति पृथकीकरण र सन्तुलनको तालमेल नमिले देशलाई ठूलो आघात पुग्नेतर्फ सचेत गराए।

कर्णले संशोधन प्रस्ताव पारित नहुने, स्थानीय तहको संख्या बृद्धि नभए र मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई अझैपनि थुनामा राख्ने हो भने आफूहरु चुनावमा भाग नलिने चेतावनी दिए । उनले वर्तमान सरकारलाई आफूहरुको कुनै समर्थन नरहेको समेत स्पष्ट पारे । कर्णले थपे,‘हामीले गुपचुप रुपमा समर्थन फिर्ता लिएको होईन, बाजागाजा बजाएर नै समर्थन फिर्ता लिएका छौं, अहिलेपनि समर्थन दिएका छैनौं, बिना कारण दिँदापनि दिँदैनौं।’

यद्धपी उनले कार्कीविरुद्ध लगाईएको महाअभियोग प्रस्तावलाई प्रक्रियामा जान दिनुपर्नेमा जोड दिए।

 

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad