८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा ६ थान सकेट बम फेला, सेनाले डिस्पोज गर्‍यो

उदयपुर- जिल्लाको पश्चिमी भेगको उदयपुरगढी गाउँपालिकामा ६ थान शक्तिशाली सकेट बम फेला परेको छ। गाउँपालिका २, सिरुवानीस्थित एक किसानको जग्गामा फेला परेको सकेट बम नेपाली सेनाले मंगलबारै डिस्पोज गरेको छ।

सोमबार दिउँसो खेत खन्ने क्रममा फेला परेको ५ इन्ज लामो फलामे पाईपमा बारुद भरिएको अवस्थाको सकेट बम मंगलबार साँझ नेपाली सेनाको कटारी ताराघारीस्थित गुल्मको बम डिस्पोजल टोलीले सफल डिस्पोज गरेको सेनाको सदरमुकामकस्थित भवानी दल गणले जनाएको छ।

कटारी ताराघारीस्थित गुल्मका सहसेनानी भरत गिरीको नेतृत्वमा गएको सिरहास्थित बम डिस्पोजल टोलीले सिरुवानी पुगेर बमको सफल डिस्पोज गरी फर्केको गणले जनाएको छ। सिरुवानीका गणेश गिरीले आफ्नो गुवाली निर्माण गर्नका लागि जग खन्ने क्रममा उक्त सकेट बम फेला पारेका थिए । जग खन्ने क्रममा बारुद्धले भरिएका ६ थान फलामे पाईपमा जडान गरिएका सकेट बम फेला परेपछि उनले प्रहरी चौकी उदयपुरगढीलाई दिएका थिए।

प्रकाशित: २० वैशाख २०७४ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App