८ वैशाख २०८१ शनिबार
अन्य

करिनाको सुन्दरता मन्त्र

करिना कपुर बलिउडका सुन्दर अभिनेत्रीमध्ये एक हुन् । एउटा अन्तर्वार्तामा उनले आफ्नो सुन्दरताका रहस्य खोलेकी छिन् । घरेलु सौन्दर्य उपाय अपनाएर आफ्नो छाला सफा र कपाल सिल्की बनाएको उनले बताएकी छिन् ।
सफा र चम्किलो छालाको श्रेय उनी महलाई दिन्छिन् । मह असाध्यै फाइदाजनक भएको उनी बताउँछिन् । ‘म हरेक दिन अलिकति मह अनुहारमा दल्ने गर्छु । अलिक बेर त्यसले मसाज गर्छु । त्यसपछि पानीले सफा गरी धुन्छु,’ उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘म सुटिङमा बाहेक सौन्दर्य प्रसाधन प्रयोग गर्न खासै रुचाउँदिनँ । रसायनयुक्त सौन्दर्य प्रसाधनका साटो घरेलु उपाय अपनाउँछु ।’
करिना जैतुनको तेल, कस्टर अइल र नरिवलको तेल मिसाएर कपालको मसाज गर्छिन् । महिनामा एक पटक कपालमा तेल मसाज गर्छिन् । नयाँ लुक पाउन उनी बेला–बेलामा कपाल काट्ने गर्छिन् । ‘पोनी टेल मलाई मन पर्ने हेयर स्टाइल हो,’ उनले भनेकी छिन् ।

 

प्रकाशित: २० वैशाख २०७४ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App