coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ललितपुरको महालक्ष्मी स्थानमा आगलागी,  तीन घाइते

ललितपुर – ललितपुरको महालक्ष्मीस्थानमा बुधबार विहान आगलागी हुँदा तीन जना घाइते भएका छन् भने १ करोड भन्दा बढी धनमालको क्षति भएको छ । 

घाइते हुनेमा ३५ वर्षीया सुशीला सापकोटा,  उनका १२ वर्षीय छोरा सुलभ सापकाेटा र १४ वर्षीया छोरी सुभेक्षा सापकाेटा रहेका छन् । आगलागी भएपछि छोरा र छोरीलाई लिइ तीन तलाबाट हामफाल्दा सुशिला गम्भिर घाइते हुन पुगेकी छिन् भने छोराछोरी सामान्य घाइते भएका छन् । घाइते तीनैजनाको ललिपुरको क्रिस्ट मेडिकल कलेज इमाडाेलमा उपचार भइरहेको छ ।  

महालक्ष्मीस्थानका बल्लभप्रसाद बजगाईको तीन तले घरमा विद्युत सट हुँदा आगो लागेको ललितपुर महानगरीय प्रहरी कार्यालयका डिएसपी ईश्वर कार्कीले बताए ।

उनका अनुसार आगलागीबाट १ करोड ६५ लाख बराबारको धनमाल क्षति भएको छ । काठमाडौँ र ललितपुर महानगरीय प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित: २० वैशाख २०७४ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App