७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

एर्डोगान टर्कीको सत्ताधारी दलमा पुनः सम्मिलित

ऋंकारा – टर्कीका राष्ट्रपति रेसेप तैइप एर्डोगान मंगलबार टर्कीको सत्ताधारी दल ‘इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एकेपी) मा पुनःसम्मिलित भएका छन् । 

एकेपीका सह–संस्थापकसमेत रहेका एर्डोगानले टर्कीको राजधानी इस्तानबुलमा एक भव्य समारोहका बीच सदस्यता पत्रमा हस्ताक्षर गरी आफू पुरानै पार्टीमा समाहित भएको बताएका थिए । 

एर्डोगानको पुनरागमनले पार्टीका नेता तथा कार्यकर्ता उत्साहित बन्दै उनलाई तालीसँगै राष्ट्रिय गान गाएर स्वागत गरेका थिए । 
समारोहमा आफ्नी धर्मपत्नी एमिनसहित पुगेका एर्डोगान समारोहमा एकेपीका अध्यक्ष तथा प्रधानमन्त्री बिनाली यल्दिरिमसँगै बसेका थिए ।  ।

टर्कीमा राष्ट्रपतिलाई शक्तिशाली बनाउने वा आलङ्कारिक हैसियतमा राख्ने भन्ने जनमत संग्रहमा कार्यकारी राष्ट्रपतिको पक्षमा मतदान नतिजा आएसँगै उनले पार्टी प्रमुखका साथै शक्तिशाली राष्ट्रपतिका रूपमा काम गर्ने बताइएको छ । यल्दिरिम प्रधानमन्त्रीका साथै पार्टीमा दोस्रो हैसियतमा रहन तयार भएको बताइएको छ । 

एर्डोगानले सदस्यता पत्रमा हस्ताक्षर गरेपछि संक्षिप्त प्रतिक्रिया जनाउँदै यल्दिरिमले एर्डोगान पुनः घरमा आएको बताउँदै स्वागत गरेका थिए । प्रधानमन्त्री यल्दिरिमले राष्ट्रपतिको आगमनसँगै सबैको सम्मान भएको आफूले महसुस गरेको बताएका थिए । 

प्रकाशित: २० वैशाख २०७४ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App