८ वैशाख २०८१ शनिबार
राजनीति

जब हेलिकप्टरबाट उम्मेदवार अोर्लिए

चितवन— उम्मेदवारी दर्ता गराउन सहकारी प्रशिक्षण तथा डिभिजन परिसरमा रहेको निवार्चन कार्यालयमा बिहान १० बजेपछि चहल पहल बाक्लिदै जाँदा पनि कांग्रेसको तर्फबाट मेयर उपमेयरको टुंगो लागिसकेको थिएन। पार्टी जिल्ला कार्यालयले केन्द्रमा नामावली सिफारिस गरेपछि मेयर, उपमेयरका प्रवल दाबेदारहरू काठमाडौंमा नै थिए।

टिकट पाएपनि मसरी आउलान् भन्ने खुल्दुली धेरैलाई थियो। सडक मार्गबाट आउँदा समय घर्किसक्थ्यो भने हवाई मार्गको भर थिएन। प्लेन चार्टर गरे पनि भनेकै बेला आइपुग्न गाहै्रे थियो। तर सबैको खल्दुली विवरित काग्रेसका उम्मेदवारहरू काठमाडौंबाट हेलिकप्टरमा भरतपुर ओर्लिए।

सोमबार साँझसम्म भरतपुर मेयरमा मिलनबाबु श्रेष्ठ र उपमेयरमा मिना खरेलको चर्चा चुलिएको थियो । तर हेलिकप्टरबाट ओर्लिएका दिनेश कोइरलाले मेयरमा र पावर्ती शाहले उपमेयरमा मनोनयन दर्ता गराए । अघिल्लो साँझ मिलनबाबु श्रेष्ठले नै हेलिकप्टर बुक गराएका थिए।
 

प्रकाशित: २० वैशाख २०७४ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App