भक्तपुरमा पूर्व सभासद उम्मेदवार, मध्यपुर थिमिमा कांग्रेसविरुद्ध तीन पार्टीको संयुक्त प्यानल

बुधबार, २० बैशाख २०७४, ०९ : २६ नागरिक

भक्तपुर— भक्तपुरका चार वटा नगरपालिकामध्ये एउटा नगरपालिकामा संयुक्त प्यानलको  उम्मेदबारी दर्ता भएको छ । काँंग्रेस पकड क्षेत्रको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकामा काँंग्रेसविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल मजदुर किसान पार्टी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवदीवीच संयुक्त प्यानलको उम्मेदबारी दर्ता भएको छ।

मध्यपुर थिमिमा संयुक्त प्यानलको रुपमा मेयरमा एमालेका मदनसुन्दर श्रेष्ठको उम्मेदबारी परेको छ । सुयंक्त प्यानलबाट उपमेयरमा नेपाल मजदुर किसान पार्टीका केदार खडकाले उपमेयरको उम्मेदवारी दर्ता गराए । काँग्रेसका पूर्व मध्यपुर थिमि नगर सभापति कष्ट कवेविरुद्ध तीन वटा पार्टीले संयुक्त रुपमा उम्मेदबारी दिएका हुन् ।

मेयरमा महिला उम्मेदबार
जिल्लाको चार वटामध्ये सूर्यविनायक नगरपालिकाको मेयरमा महिलाको उम्मेदबारी परेको छ । नेपाल मजदुर किसान पार्टीले सूर्यविनायक नगरपालिकाको प्रमुखमा मनशोभा त्वातीलाई उम्मेदबार उठाएको हो । जिल्लाको चार वटा नगरपालिकामध्ये मेयरमा महिला उम्मेदबार उनकै मात्रै परेको छ ।  

इन्जिनियरिंग कलेजका उपप्राचार्य उपमेयरमा
भक्तपुर नगरपालिकाको उपमेयरमा ख्वप इन्जिनियर कलेज लिवाली भक्तपुरकी उपप्रचार्य रजनी श्रेष्ठले उम्मेदबारी दर्ता गराएकी छन् । नेपाल मजदुर किसान पार्टीकै तर्फबाट रजनीले उपमेयरमा उम्मेदबारी दर्ता गराएकी हुन्।

पूर्व सभाषद् मेयरमा
भक्तपुर नगरपालिकाको मेयरमा पूर्व सभाषद् एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव सुनिल प्रजापतिले उम्मेदबारी दर्ता गराएका छन् । पछिल्लो संविधान सभाको निर्वाचनमा सभाषदमा पराजित उनले मेयर पदमा उम्मेदबार दिएका हुन् । पछिल्लो संविधानसभाको निर्वाचनमा पराजित उनी अघिल्लो संविधानसभाकै निर्वाचनमा भने भक्तपुर क्षेत्र नं २ बाट विजयी भएका थिए ।

 

 






यसमा तपाईको मत

अन्य समाचार

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

सामसङले  ग्यालेक्सी S10/S10 + तथा सामसङ ग्यालेक्सी Note10/ Note 10+ मा विशेष छुटको अफर ल्याएको छ । ...

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad