६ वैशाख २०८१ बिहीबार
राजनीति

गाउँपालिका अध्यक्षमा पुरुष मात्र उम्मेदवार

ललितपुर— ललितपुरका तीन गाउँपालिकाको अध्यक्षमा पुरुषले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । मुख्य पार्टीले अध्यक्ष पदका लागि पुरुषलाई मात्र अघि सारेका हुन् ।

बागमती गाउँपालिका प्रमुखमा एमालेका दुर्गाप्रसाद घिमिरे, कांग्रेसका वीरबहादुर लामा र माओवादी केन्द्रका राजु आलेमगरले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा कांग्रेसले रञ्जना तिमिल्सिना, एमालेले डोलकुमार स्याङ्तान र माओवादी केन्द्रले कमला थापामगरलाई उम्मेदवार बनाएको छ ।  कोन्ज्योसोम गाउँपालिका प्रमुखमा कांगे्रसका राजन घिमिरे, एमालेका कृष्णमान लामा मैदानमा उत्रिएका छन् भने माओवादीबाट गोपीलाल तामाङ छन् । उपप्रमुखमा कांग्रेसले लक्ष्मीमाया लोप्चन, एमालेले सुष्मिता दुलाल घिमिरे र माओवादी केन्द्रले मिग्मा लामालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै महांकाल गाउँपालिकामा कांग्रेसका भीमसेन घिमिरे, एमालेका रामचन्द्र दाहाल, माओवादी बुद्ध नेगीले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ । उपप्रमुखमा कांग्रेसले सुशीला अधिकारी, एमालेले कमला तामाङ र माओवादी केन्द्रले विमला आचार्यलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित: २० वैशाख २०७४ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App