काठमाडौं—एमालेले काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार छानेका विद्या सुन्दर शाक्य जिल्ला कमिटीका सचिव हुन्। उनी यसअघिका स्थानीय चुनावमा वडा नम्बर २१ वडा अध्यक्ष भएका भएका थिए।
लगनटोलका शाक्यले वाणिज्यशास्त्रमा स्नातक गरेका छन्। उनले दुई दशकभन्दा लामो समयदेखि पार्टीको विभिन्न पदको जिम्मेवारी सम्हाल्दै आएका छन्।
२०३६ सालको आन्दोलनका समयदेखि राजनीतिमा सक्रिय ५४ वर्षीय शाक्य प्रजातान्त्रिक राष्ट्रिय युवा संघका काठमाडौं जिल्ला कमिटीको संस्थापक कोषाध्यक्ष हुन्।
प्रकाशित: २० वैशाख २०७४ ०१:४२ बुधबार