८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएनको २५ औ च्याप्टर वासिंटनको सियाटलमा गठन

सियाटल— गैरआवासिय नेपाली संघ अमेरिकाको २५ औं च्याप्टरको तदर्थ समिति वासिंटनको सियाटल गठन भएकोे छ। नविन खनालको संयोजकत्वमा गठित तदर्थ समितिले स्थानीय नेपाली समुदायसँग सरसल्लाह गरी समितिलाई पूर्णता दिनेछ।

अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कार्कीले तर्दथ समितिलाई शुभकामना दिँदै सभामा एनआरएनमा सहभागी भएर देश र जनताको पक्षमा काम गर्न आग्रह गरे। राजदुत कार्कीले एनआरएन मात्रै यस्तो संस्था हो जुन संस्थासंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सरकार साझेदार भएर काम गर्दै आएकोले यस्तो संस्थाको गरिमालाई बचाउन अभियान्ताहरुलाई आग्रह गरे।

गोरखाको लाप्राकमा एनआरएनले ५ सय ७३ घर निर्माण गरिरहेको छ। सो एकीकृत बस्ती निर्माणका लागि सक्नेले स्वयम् सेवा र जान समय नमिल्नेले आर्थिक सहयोग गर्न उनले आग्रह गरे।

एनआरएन नेपाल सरकारको पनि आधिकारिक संस्था भएको बताउँदै डा.कार्कीले मुलुकको सम्वृद्धिका लागि संस्थाले शुरु गरेको अभियान सह्रानीय भएकोले सबैले देशका लागि योगदान गर्न जरुरी रहेकोमा जोड दिए। राजदुत कार्कीले सहभागीलाई एनआरएन स्थापना गर्दैमा अरु संस्थालाई कुनै हानी हुनुको साटो सहयोग नै हुनेमा जोड दिए।  

कार्यक्रममा वासिंटनका लागि नवनियूक्त वाणिज्य दुत तथा एनआरएन अमेरिकाज् क्षेत्रका उपसंयोजक एसी शेर्पाले लाप्राकमा भैरहेको पुर्ननिर्माण अभियानमा अमेरिका क्षेत्रबाट सहभागी हुन आह्वान गरे। एनआरएनको पुर्ननिर्माण कार्य नेपाल र नेपालीका लागि गौरवको आयोजना भएकोले आआफ्नो हैसियत अनुसार कसले के गर्न सक्दछ सबैले सहयोग गर्नू पर्ने उनको जोड थियो।

गोरखाको लाप्राकमा एनआरएनले ५ सय ७३ घर निर्माण गरिरहेको छ। सो एकीकृत बस्ती निर्माणका लागि सक्नेले स्वयम् सेवा र जान समय नमिल्नेले आर्थिक सहयोग गर्न उनले आग्रह गरे। वाणिज्यदूत शेर्पाले यही मे महिनाको अन्तिमतिर अमेरिकाबाट ठूलो संख्यामा स्वयम्सेवक जान इच्छुकलाई तयार रहन भन्दै जना नसक्नेहरुले आर्थिक सहयोग गर्न सक्ने र त्यसबाट पनि पुर्ननिर्माण अभियानलाई मदत पुग्ने हुनाले इच्छा अनुसार सहभागी हुन आग्रह गरे।

कार्यक्रममा एनआरएन अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले अमेरिका संसारकै ठूलो च्याप्टर भएकोमा खुसी प्रकट गर्दै संस्थाको महत्व बढ्दै गएकोले आगामी दिनमा अमेरिकामा सबै स्टेटमा च्याप्टर गठन गर्न पहल गरिने बताए। 

कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले पछिल्लो च्याप्टर बनेकोमा खुसी प्रकट गर्दै एनआरएनको गरिमा र महत्वलाई बुझी गतिविधि गर्न आग्रह गरे। उनले अमेरिकाबासी गैरआवासिय नेपालीहरुलाई एनआरएनमा आवद्ध हुन अनुरोध गरे।

कार्यक्रममा बिआर लामाले नेपालको एक मात्रै ग्लोबल संस्था भएकोले एनआरएनको महत्व र प्रवासीले सहभागीता जनाउनु पर्नेमा जोड दिएका थिए। तदर्थ समितिका संयोजक नविन खनालले संस्थाको विस्तार र विकासका लागि आफूले गर्न सक्ने सबै काम गर्न जुझारु टिम निर्माण गरेर काम गर्ने बताउँदै छिट्टै समितिलाई पूर्णता दिने बताए। सोही कार्यक्रममा सियाटल सोसाईटीका अध्यक्ष गणेश सिवाकोटीले एनआरएन ग्लोबल सस्था भएकोले त्यसको छुट्टै महत्व रहेकोमा जोड दिए।

 

 

प्रकाशित: २० वैशाख २०७४ ००:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App