६ वैशाख २०८१ बिहीबार
राजनीति

डिस्टीलरी उद्योगमा आगलागी, करोडभन्दा बढीकाे क्षति

रौतहट– रौतहटको एक उद्योगमा आगो लाग्दा करोडभन्दा बढीको क्षति भएको छ। दुर्गा भगवती गाउँपालिकाको पिपरा बजारमा रहेको एभरेस्ट डिस्टीलरी उद्योगमा आगो लाग्दा करोडभन्दा बढीको क्षति भएको हो।

उद्योगको भन्डारण कक्षबाट आगो लागेको सुरक्षा गार्डले देखेपछि चिच्याएर निभाउने प्रयास गरेका थिए तर स्प्रिट र अल्कोहल भन्डारण गरिएकाले एकै छिनमा आगो नियन्त्रणबाहिर गएको थियो । स्थानीयबासी, नेपाल प्रहरी र सदरमुकाम गौरबाट घटनास्थल पुगेको दमकलले करिब तीन घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

उद्योगरहेको भवन, स्पिरिट र अल्कोहलका साथै अन्य सामग्री आगोले पुरै नष्ट हुँदा करोडभन्दा बढीको क्षति भएको जनाएको छ। आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

आगलागीबाट कुनै मानवीय क्षति हुन नसकेको र आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीको सक्रियताले थप क्षति हुन नपाएको प्रहरीको दाबी छ।  

 

प्रकाशित: १९ वैशाख २०७४ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App