८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौ मेयर उम्मेदवारको मेट्रो रेल सपना

तस्विरः प्रबीन कोइराला

काठमाडौं –आगामी वैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको स्थानीय तह निर्वाचनको लागि काठमाडौं महानगरपालिकामा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ। उम्मेदवार आउने क्रम नरोकिएपछि निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि तोकेको निर्धारित समय बढाएर ७ बजेसम्म पुर्‍यायो।

मंगलबार बिहान १० बजेदेखि साँझसम्म सभा गृहमा २७ मेयर र १२ उपमेयरको उम्मेदवारी परेको छ।

एमालेका विद्या सुन्दर शाक्यले भने राजधानीमा मेट्रो रेल सञ्चालन गर्नेमै जोड दिए।  ‘नेपाली जनताको लागि सुविधासम्पन्न मेट्रो ट्रेन सञ्चालनमा ल्याउने, भूकम्पबाट ध्वस्त संरचना पूर्णनिर्माण गर्ने र रोजगारको अवसर सृजना गर्नेछु,’उनले भने।

नेपाली कंग्रेसबाट मेयरको उम्मेदवारी दिन पुगेका राजुराज जोशीले भने सुन्दर काठमाडौं विकासको लागि काम गर्ने प्रतिवद्धता सुनाए। ‘मेयर भएको दिनबाट राजधानीलाई धुँवा मुक्त पार्ने, ट्राफिक व्यवस्थापन गर्न फ्लाइओभर र मेट्रो सञ्चालन गरेर नेपाली नागरिकलाई सेयर प्रदान गर्ने,सरकारी स्कुललाई बोडिङ बनाएर स्कुलको शिक्षामा जोड दिने, पार्कहरु निर्माण गर्नेमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’उनले भने । नेपाली कंग्रेसबाट हरिप्रभा खड्गीले काठमाडौंको उपमेयरमा उम्मेदवारी दर्ता गराइन्।

एमालेका विद्या सुन्दर शाक्यले भने राजधानीमा मेट्रो रेल सञ्चालन गर्नेमै जोड दिए।  ‘नेपाली जनताको लागि सुविधासम्पन्न मेट्रो ट्रेन सञ्चालनमा ल्याउने, भूकम्पबाट ध्वस्त संरचना पूर्णनिर्माण गर्ने र रोजगारको अवसर सृजना गर्नेछु,’उनले भने।

उम्मेदवारी दर्ताको लागि दिनभर व्यस्त रहेको सभागृह पुगेका संघीय समाजवादी फोरम र नयाँ शक्तिका पवित्र बज्रचार्यले सुविधासम्पन्न राजधानीको रुपमा काठमाडौं विकासमा जोड दिने प्रतिक्रिया दिए। उनको उम्मेदवारी दर्ता गर्न नयाँ शक्ति पाटीका बाबुराम भट्टराई, हिसिला यामी र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सभागृह पुगेका थिए। 

स्थानीय तह निर्वाचनको लागि पहिलो उम्मेदवारी दर्ता गर्न मंगलबार बिहान सभा गृह पुगेकी विवेकसिल नेपालीकी रन्जु न्यौपाने मेयरका लागि सबैभन्दा कान्छी उम्मेदवार बनेकी छिन्। ‘युवाले नेतृत्व तहमा पुगेर काम गर्ने वातावरण तयार भएको छ। धुलाम्मै काठमाडौंलाई सुविधासम्पन्न बनाउनमा जोड दिनेछु,’उनले भनिन्।  राप्रपाबाट उपमेयरमा उम्मेद्वारी दिएका राजाराम श्रेष्ठ राजधानीलाई व्यवस्थित गर्न जुट्ने बताउँछन् । स्थानीय चंडीमाताको उपमा पाएकी बौद्ध निवासी ज्ञानुमाया तामाङले स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिएकी छिन्। ‘महिलाहरुलाई विकास निमार्णको काममा सहभागि गराउन प्रोत्साहजनक व्यवस्था गर्न जोड दिनेछु। त्यसबाहेक अनियन्त्रित रुपमा संञ्चालन गरिएका ट्राफिकलाई व्यवस्थित गर्नेछु। आम जनताको हितमा काम गर्नेछु।’उनले भनिन् । 
उम्मेदवारी दिन पुगेका कतिपय मेयर उम्मेदवारले भने कुनै योजना सुनाएनन्। नेकपा संयुक्तका बचपनराज श्रेष्ठ मेयरको उम्मेदवारको रुपमा उम्मेदवारी दिए पनि योजना बनाउन नभ्याएको प्रतिक्रिया दिए। त्यस्तै रेस्लर भरत बहादुर विसुराल मेयरको उम्मेदवारी दिएपछि भने, ‘मेयर जितेपछि काठमाडौं बनाउन काम गर्ने हो। योजना बनाइयो भने काम गर्न पाइदैंन्।’

मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी लक्ष्मी राईले उपमेयर पदको लागि उम्मेदवारी दिइन्। उनले पनि योजना तयार गर्न नभ्याएको सुनाइन्। ‘हतारमा उम्मेदवारी दर्ता गर्न आइपुगेँ। अब कसरी अघि बढ्ने भन्नेमा योजना बनाउँदैछु’, उनले सुनाइन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका दुई सय ८३ स्थानीय तहमा वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुँदैंछ। उम्मेदवारी दर्ताको माहोल बुझ्न आएका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले २० गते सबैलाई चुनाब चिन्ह प्रदान गर्ने जानकारी दिए।

 

प्रकाशित: १९ वैशाख २०७४ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App