७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुगुको खत्याड गाउँपालिकामा एमालेका २ बागी उम्मेदवार

मुगु– पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि मुगु जिल्लामा उम्मेदवारको मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको छ।

जिल्लाको एक नगरपालिका, तीन गाउँपालिका र ४५ वडाका लागि राजनितिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेका हुन्।

छायानाथ रारा नगरपालिकाका लागि प्रमुख र उपप्रमुख पदमा नेपाली काँगे्रस र नेकपा माओवादी केन्द्रका तर्फबाट हरिजंग शाही र सुरबहादुर बुढाले मनोनयन दर्ता गराएका छन्।  एमालेकातर्फबाट प्रमुखमा जितबहादुर मल्ल र उप प्रमुखमा सुन्तला रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट धिरेन्द्रबहादुर कार्कीले प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

त्यस्तै खत्याड गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा लोकेन्द्र थापा र उप प्रमुखमा सरिता रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेकाबाट प्रमुखमा उब्जनबहादुर शाही र उप प्रमुखमा जयानन्दा रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।

दुवै पदमा बागी उम्मेदवारी मनोनयन दर्ता भएका छन्। नेकपा एमालेबाट प्रमुख र उपप्रमुखको उम्मेदवारको टिकट नपाएपछि अम्मराज शाही र राजबहादुर शाहीले सुरुमा नै स्वतन्त्र उम्मेदवारका रुपमा गाउँपालिकाको प्रमुख पदमा मनोनयन दर्ता गरेको बताइएको छ। नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखमा विर्खबहादुर थापा र उप प्रमुखमा जुनदेवी शाहीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

सोरु गाउँ पालिकामा काँग्रेसबाट प्रमुखमा लोकबहादुर शाहीले मनोनयन दर्ता गराएका छन् भने एमालेबाट प्रमुखमा धर्मबहादुर शाही र उप प्रमुखमा राज्यलक्ष्मी मल्ल, माओवादी केन्द्रबाट प्रमुखमा पुरनबहादुर शाही र उप प्रमुखमा विष्णुदेवी देवकाटाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्। मुगुम कार्मारोङ गाउँ पालिकामा काँग्रेस र माओवादी केन्द्रका तर्फबाट प्रमुखमा छिरिङक्याप्ने लामा र उप प्रमुखमा इटोल लामाले उम्मेदवारी दर्ता गराएका छन्। एमालेका तर्फबाट प्रमुखमा सोनाम लामाले प्रमुखमा मनोनयन दर्ता गराएका छन्।

सदरमुकाम बाहिर सञ्चार सम्पर्क त्यती राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। विस्तृत विवरण बुधबारसम्म आई पुग्ने कार्यालयको भनाइ छ।

 

प्रकाशित: १९ वैशाख २०७४ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App