काठमाडौं- नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा मनोनयद दर्ता गराएको छ।
काठमाडौंको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्कीले मनोनयन दर्ता गरेका हुन्।
मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय नेता सम्मिलित बैठकले जोशीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।
काठमाडौंको मेयरमा पार्टीका तर्फबाट आफ्नो दाबी राख्दै यसअघि उनले बागमती, विष्णुमती मुहानदेखि नै सफा गर्ने, आईटी हव निर्माण गरी वर्षको २० हजार युवालाई रोजगारी प्रदान गर्ने योजना सार्वजनिक गरेका थिए।
काठमाडौंको मेयरका लागि कांग्रेसले स्वास्थ्यमन्त्री गगन थापा र उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई प्रस्ताव गरेको थियो। उनीहरु दुवै जनाले मेयर उम्मेदवार अस्वीकार गरेपछि राजुराज जोशीको नाम छनौट भएको हो।
२०३५ सालदेखि नेविसंघको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका जोशी हाल कांग्रेस महासमिति सदस्य हुन्। उनी २०४७ सालमा काठमाडौं जिल्लाको पार्टी सभापति प्रकाशमान सिंह हुँदा उनी सचिव थिए। २०४९ को स्थानीय निर्वाचनमै पार्टीको तर्फबाट मेयरको दाबेदार रहेका उनी पीएल सिंहको उम्मेदवारीपछि पछि हटेका थिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत