६ वैशाख २०८१ बिहीबार
समाज

भीरबाट लडेर युवतीको मृत्यु

ताप्लेजुुङ– ताप्लेजुङमा एक युवतीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।

प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका ११ फावाखोला बस्ने १८ वर्षीया हिमा बिष्टको घरदेखि करिब एक किलोमिटर टाढा गौंथले भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

अप्ठ्यारो भीर रहेकाले घाँस काट्ने क्रममा अचानक चिप्लेर लडेपछि हिमाको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतकको शव जिल्ला अस्पतालमा पु¥याएर मङ्गलबार पोष्टमार्टम गरी आफन्तलाई बुझाएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

हिमा स्थानीय सिम्बु माध्यमिक विद्यालय फावाखोलामा कक्षा १० मा अध्ययनरत थिइन्।

 

प्रकाशित: १९ वैशाख २०७४ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App