coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निर्वाचन उत्साहकाे सकारात्मक प्रभाव सेयर बजारमा

काठमाडौँ– स्थानीय तहको निर्वाचनलाई धितोपत्र बजारले ‘हरियो झन्डा’ देखाएर स्वागत गरेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गरेकाे दिन मंगलबार धितोपत्र बजारमा करिब रु ९३ करोडको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल एक सय ४३ कंका १५ लाख ४८ हजार कित्ता सेयर रु ९२ करोड ९० लाखमा खरिद बिक्री भएका छन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै बजार उकालो लागेको हो । स्टकको सेयर कारोबार मापक सूचक ७.५५ अङ्कले बढेर १६५८.३३ अङ्कमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा मंगलबार बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको रु. ४ करोड २९ लाख बराबरको सेयर किनबेच भएको छ । यस्तै, नेपाल एसविअार्इ बैंक लिमिटेडको कारोबार रकमका आधारमा दोस्रो भएको छ। सो बैंकको रु. ३ करोड ४६ लाख बराबरको सेयर खरिद बिक्री भएको छ।

मंगलबार समग्र समूहमध्ये  ४ समूहको सेयर कारोबार वृद्धि भएको तथा ४ समूहको सेयर मूल्य घटेको स्टकले जनाएको छ ।

त्यसमा बैंकिङ ६.८८, विकास बैंक १६.४३, जलविद्युत् ३.१६ र बीमा ७९.०२ अङ्कले बढेको छ। त्यस्तै होटल २८.८८, फाइनान्स २.१७, उत्पादन समूह ५.४६ र अन्य २.३२ अङ्कले घटेको छ। रासस

प्रकाशित: १९ वैशाख २०७४ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App