८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौं र ललितपुर महानगरमा एमाले-राप्रपाबीच चुनाबी तालमेल

एमाले अध्यक्ष अाेली र राप्रपा अध्यक्ष थापा। फाइल तस्विर

काठमाडौं—राजधानी भित्रका दुई मुख्य महानगरपालिकाहरु काठमाडौं र ललितपुरमा नेकपा एमाले र राप्रपाबीच चुनाबी तालमेल हुने भएको छ। सोमबार राति सरकारबाट बाहिरिएको राप्रपा त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षसँग गठबन्धन निर्माण गर्न सफल भएको हो।

मुलुकको मुख्य केन्द्रका लागि भएको तालमेललाई दुवै पार्टीका जिम्मेवार नेताहरुले पुष्टि गरेका छन्।

एमाले कार्यालयबाट बाहिर निस्केका उनले त्यहीँ पार्किङ गरिराखेको गाडीभित्रै बोहोरासँग छलफल गरेका थिए। त्यसको एक घन्टापछि एमाले-राप्रपा तालमेलको सूचना सार्वजनिक भएको हो। केपी ओली नेतृत्वको सरकारमा राप्रपा एमाले एउटै गठबन्धनमा थिए।

'काठमाडौं र ललितपुर महानगरपालिकामा एमालेसँग तालमेल गरेर जाने सहमति भयो', राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले नागरिकन्युजसँग भने, 'दुवै महानगरपालिकामा एमालेको मेयर र हाम्रो उपमेयर हुने भन्ने सहमति भएको छ।'

बाँडफाँडमा सहमति भए पनि दुवै पार्टीले क कसलाई उम्मेदवार बनाउने तय गर्न केही घन्टा लाग्ने उनले बताए।

एमालेद्वारा पुष्टि

एमाले नेताहरुले पनि काठमाडौं र ललितपुरमा राप्रपासँगको तालमेल पुष्टि गरे। 'उपमेयर एमालेले छोड्ने सर्तमा राप्रपासँग मिलेर जाने भन्ने कुरा भएको हो', एक एमाले केन्द्रीय सदस्यले नाम प्रकाशित नगर्ने सर्तमा नागरिकन्युजसँग भने।

थापा सक्रियताको परिणाम

एमालेका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा चलिरहँदा आज मंगलबार दिउँसो राप्रपा अध्यक्ष कमल थापा एक्कासि बैठकस्थल पुगेका थिए। एमालेको बैठकस्थलमा एक्कासि राप्रपा अध्यक्ष पुग्दा कतिपय एमाले नेताहरु छक्क परेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल सम्मिलित बैठकमा करिब १५ मिनेट बिताएका उनले चुनाबी तालमेलका लागि कुरा मिलाएर फर्किएका थिए।

अर्का नेता दीपक बोहोरासँगै एमाले कार्यालय प्रवेश गरेका उनले एमाले नेताहरुसँग भएको छलफललाई लिएर आफू निकट नेता बोहोरासँग गोप्य छलफल गरेका थिए। एमाले कार्यालयबाट बाहिर निस्केका उनले त्यहीँ पार्किङ गरिराखेको गाडीमा बोहोरासँग छलफल गरेका थिए। त्यसको एक घन्टापछि एमाले-राप्रपा तालमेलको सूचना सार्वजनिक भएको हो। केपी ओली नेतृत्वको सरकारमा राप्रपा एमाले एउटै गठबन्धनमा थिए।

प्रकाशित: १९ वैशाख २०७४ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App